×

NMB BANK
NIC ASIA

परिवारवादले पार्टीमा चर्को असन्तुष्टि

छोरीज्वाइँ, सम्धी–सम्धिनी र नातागोतालाई पदाधिकारी बनाइएपछि लोसपामा विष्फोटको स्थिति

काठमाडाैं | असोज ९, २०८०

NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालमा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि पार्टीभित्र विष्फोटको स्थिति उत्पन्न भएको छ । छोरी, सम्धी, सम्धिनी र आफ्नो संसदीय क्षेत्र तथा जिल्लालाई नै प्राथमिकतामा राखेका ठाकुरले मनपरी गरेको भन्दै पार्टीमा चर्को असन्तुष्टि देखिएको हो ।

Muktinath Bank

अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीको पनि साथ पाएपछि ठाकुरले एकल निर्णय गर्दै आफू निकटकालाई मनोनयन गरेको लोसपका नेताहरूले आरोप लगाएका छन् । अध्यक्ष ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई  वरिष्ठ उपाध्यक्ष, सम्धिनी इन्द्रा झालाई उपाध्यक्ष र छोरी डा. मिनाक्षी ठाकुरलाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मधेश आन्दोलनको बलमा बनेको पार्टी अहिले परिवारको क्लब जस्तो बन्यो, परिवारवादका कारण नयाँ पार्टीतर्फ मतदाताको आकर्षण बढ्न थाल्यो’ पछिल्लो मनोनयनप्रति लोसपाका एक शीर्ष नेताले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

त्यसै गरी अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले आफू निकटकी निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष बनाउनुका साथै छोरी सृष्टिसिंह भण्डारीलाई सचिव, बहिनी ममता राणालाई केन्द्रीय सदस्य, नातामा साली पर्ने डा. निलिमा खड्का र अञ्जु थापालाई केन्द्रीय सदस्य, जेठान रमेशबहादुर सिंह र नातामा साढु भाइ पर्ने प्रदीप खड्कालाई केन्द्रीय सदस्य बनाएका छन् । सृष्टिका पति अर्को पार्टीमा छन् ।​

Vianet communication

सृष्टिसिंह भण्डारीलाई शरतसिंह भण्डारीले आफ्नो उत्तराधिकारी बनाउन चाहेको सन्देश दिएको उनी निकट एक नेता बताउँछन् । आगामी चुनावमा भण्डारी नलड्ने स्थिति आए प्रतिनिधि सभामा नै छोरीलाई अघि सार्न सक्ने तयारीको रूपमा पनि लिन सकिने उनले खुलाए । प्रतिनिधिसभामा नभए प्रदेश सभामै पनि छोरीलाई चुनाव लडाउने सोचसहित भण्डारी अघि बढेको हुनसक्ने ती नेता बताउँछन् ।

'भण्डारीजीको आफ्नो श्रीमती राजनीतिमा हुनुहुन्न । उहाँको तर्फबाट अहिलेसम्म पार्टीमा निर्जला राउतले लाभ लिँदै आएकी छिन्,' ती नेताले थपे, छोरीलाई राजनीतिक उत्तराधिकारी बनाउन चाहेको पो हो की भन्ने देखिएको छ ।' मन्त्रालयको काममा राउतले हस्तक्षेप गर्दै आएको लोसपाका एक नेताले दाबी गरे । 

अर्का वरिष्ठ नेता राजेन्द्र महतोका ज्वाइँ अनिल महासेठ र भतिज उपेन्द्र महतोलाई महासचिव बनाइएको थियो । तर, ज्वाइँ महासेठले महासचिव पद अस्वीकार गरेका छन् ।

त्यसबाहेक अध्यक्ष ठाकुरले आफ्नो संसदीय क्षेत्र महोत्तरी-३ र महोत्तरी जिल्लाका नेतादेखि कार्यकर्ताहरूलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

लोसपाको केन्द्रीय समिति विस्तारप्रति वरिष्ठ नेता राजेन्द्र महतोले असन्तुष्टि व्यक्त गरेका छन् । 'पदाधिकारीसहित केन्द्रीय समिति विस्तार गर्ने जिम्मेवारी पार्टीको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुरजीलाई नै एकल अधिकार दिएको थियो,' महतोले लोकान्तरसँग भने,'उहाँले आफ्नो अधिकारको प्रयोग गरेर लिस्ट बनाई निर्वाचन आयोगमा हिजो पठाउनु भएको थियो । लिस्ट हेर्दा असन्तुलित भयो भनेर हिजोको बैठकमा नै आफ्नो प्रतिक्रिया दिएको थिएँ ।'

पदाधिकारी मनोनयनलाई लिएर विभिन्न नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिएको छ नि भन्ने प्रश्नमा उनले भने,'यसमा अब मैले के भन्ने ? जे छ त्यो त सार्वजनिक भइसकेको छ ।'

आगामी दिनमा पार्टी बैठकमा यस विषयमा छलफल हुने उनले बताए । पार्टीभित्र के अहिले तपाईँ असन्तुष्ट हो भन्ने विषयमा उनले केही भन्न चाहेनन् ।

महतो २०७४ सालको निर्वाचनमा धनुषा-३ मा नेपाली कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधीलाई पराजित गर्दै सांसद बनेका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनी आफ्नै गृह जिल्ला सर्लाही-२ मा उठे पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका थिए ।

पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता भण्डारी क्रमशः महोत्तरी-३ र महोत्तरी-२ बाट चुनाव जित्न सफल भएका कारण पार्टीमा पनि ती दुई नेताकै वर्चस्व छ । पार्टीले सरकारमा भण्डारीलाई मन्त्री समेत बनाएको छ ।

अहिले वरिष्ठ नेतामा मनोनीत भएका अनिल झा पनि धनुषा-३ बाट पराजित भएपछि उनी पनि किनारामा परेका छन् ।

पदाधिकारी विस्तारमा झा निकटका कार्यकर्ता समेटिएका छैनन् । झा निकटका एक नेताका अनुसार अध्यक्ष ठाकुर र झाबीच खासै संवाद भएको छैन ।

'एक त त्यसै पनि बैठकमा अनिलजीको उपस्थिति खासै देखिएको छैन', झा निकटका ती नेताले लोकान्तरसँग भने,' केन्द्रीय समितिको विस्तार सम्बन्धमा हिजो उहाँ बैठकमा आउनु भएन ।' यस विषयमा बुझ्न खोज्दा उनले केही प्रतिक्रिया दिन चाहेनन् ।

अध्यक्ष ठाकुरको कार्यशैलीप्रति महतो असन्तुष्ट छन् । असन्तुष्ट नेतालाई साथमा लिएर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलाउने तयारी महतोले गरिरहेको उनी निकट नेताहरू दाबी गर्छन् । उमेर र स्वास्थ्यका कारण पनि महन्थ शिथिल बन्दै गएको लोसपा नेताहरू बताउँछन् ।

लोसपाभित्र उकुसमुकुसमा रहेका महतोलाई विद्रोह गर्न धेरै जसो कार्यकर्ताले उक्साइरहेको भए पनि त्यस्तो गल्ती महतोले नगर्ने उनले खुलाए ।

'चार सिट मात्र जितेको लोसपामा १६ जना महासचिवसहित ६३ जना पदाधिकारी मात्र चयन गरिएको छ । यत्रो सानो पार्टीमा १६ जना महासचिव हुनु नै पनि जग हँसाई होइन,' महतो निकटका ती नेताले  थपे,'महन्थ ठाकुरजी आफ्नै कारणले पनि अब पार्टी सञ्चालन गर्न नसक्ने अवस्थामा आइसकेको संकेत गर्दछ ।'

पार्टीमा एक तप्का नेतृत्व परिवर्तन गर्न लागेको देखिए पनि ठाकुरले अहिले नै पार्टीको नेतृत्व महतोलाई हस्तान्तरण गर्ने कुनै पनि सम्भावना नरहेको ठाकुर निकट एक नेताको दाबी छ ।

'पार्टी भित्रको शक्ति सन्तुलन ठाकुरजीकै पक्षमा छ । जसलाई जे लागे पनि ठाकुरजी नै पार्टीको नेतृत्वमा रहिरहनु हुन्छ,' ती नेताले थपे,'पार्टीमै दुई तिहाइभन्दा पनि बढी मत ठाकुरजीको पक्षमा छ । त्यसबाहेक राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशले पनि ठाकुरजीको विकल्प खोजेको छैन ।'

लोसपा अहिलेकै अवस्थामा भने नरहने उनको कथन छ । कुनै न कुनै पार्टीसँग एकता वा सहकार्य गरी अगाडि बढ्ने तयारी भइरहेको उनले बताए । तत्काल केही असन्तुष्टि देखिए पनि त्यसलाई मिलाएर पार्टी सञ्चालन हुने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x