×

NMB BANK
NIC ASIA

अग्रलेख

दुई कोरियाको चर्चित भेट–विश्व पर्ख र हेरको स्थितिमा

बैशाख १५, २०७५

NTC
Premier Steels

उत्तर कोरियाका शासक किम जोङ उन र दक्षिण कोरियाका निर्वाचित राष्ट्रपति मून जे-इन शुक्रवार सीमावर्ती पानमुनजोम गाउँमा एक-अर्कालाई भेट्न उपस्थित थिए । यो भेटघाट संसारभरि नै ठूलो समाचार शीर्षक बनेको छ किनभने यसले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त गराउने बाटो खोल्ने अपेक्षा गरिएको छ ।

Muktinath Bank

सन् १९५०-५३ को दुई कोरियाबीचको लडाञीपछि पनि जारी रहेको तनाउको क्रममा भएका अनेक हिंसात्मक घटनाले कोरिया आणविक युध्दमा फस्न सक्ने र त्यसो भएमा सम्पूर्ण विश्व अशान्त हुने जोखिम थियो । केही महिना अघिसम्म  दक्षिणसित चर्को वाक्‌युध्दमा समेत संलग्न उत्तर कोरियाका शासकले हालैका महिनामा एकपछि अर्को गर्दै आणविक परीक्षणहरू गरेर जापान र संयुक्त राज्य अमेरिकालाई पनि झस्काएका थिए । अहिले एकाएक हृदय परिवर्तन भई किम दक्षिणसित सम्पर्कमा आउन राजी भएको पाइयो । केही सातामा उनले डोनाल्ड ट्रम्पसित भेट्ने चर्चा भैरहेको छ । यी प्रयत्नहरू विश्वमा बढिरहेको अशान्तिलाई मत्थर गर्न प्रभावकारी हुने आशा पैदा भएको हो । नेपाल सरकारले ‘पानमुनजोम घोषणा’ लाई स्वागत गरेको कुरालाई यसै सन्दर्भमा हेर्नु सामयिक हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर शुक्रवारको भेटघाटबाट पश्चिमी विश्व ‘चाहिनेभन्दा बढी’ उत्साहित हुन चाहिरहेको छैन । यस नविनतम् घटना-विकासलाई सावधानीका साथ ‘सकारात्मक’ भनिरहेको अवस्था छ । सावधानीको शैली सही नै हो, किनभने कोरियाली प्रायद्वीप युध्दको जोखिमबाट मुक्त हुने  अवसर कम्तिमा चार पटक गुमिसकेका छन् । अर्को कुरा, उत्तर कोरियाका किम लोकतान्त्रिक प्रणालीबाट निर्वाचित राष्ट्राध्यक्ष होइनन् र यिनलाई कुन हदको जनसमर्थन छ, यसै भन्न गाह्रो छ । कोरियाली युध्दताका उत्तरलाई मद्दत गर्ने चीन र रुस (साविकको सोभियत संघ) यतिखेर कोरियाबारे खास उत्साहित देखिएका पनि छैनन् । उता, दक्षिण कोरियाको अभिभावक रहँदै आएको अमेरिकाका राष्ट्रपति ट्रम्प पनि पश्चिमी विश्वले भरोसालायक नेताको रूपमा स्वीकार गरिएका व्यक्तित्व हुन सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

पानमुनजोम घोषणापत्रले ‘पूर्ण आणविक निशस्त्रीकरण’ को इच्छा प्रकट गरे तापनि त्यो सहजै वा निकट भविष्यमै हासिल हुने अपेक्षा गर्न सकिंदैन । यसमा सुसंगत उपायहरू अवलम्बन गरेर विश्वासको वातावरण निर्माण नगरिएसम्म उत्तरका किमले धम्कीका भाषा र व्यवहार पूरै त्यागे भनेर ढुक्क हुन असम्भव छ । तसर्थ तत्काललाई विश्व समुदायले ‘पर्ख र हेर’ को नीतिमा अडिन दिएको सङ्केतलाई समयोचित नै मान्नु बेश हुनेछ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x