फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
महान् दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला र हलिउडका चर्चित नायक मोर्गन फ्रीम्यान मलाई उस्तै लाग्थे । र दुवै क्षेत्र (राजनीति र सिनेमा) मा कसैले ‘सबैभन्दा बढी को मन पर्छ’ भनेर सोध्यो भने यी दुईजनाको नाम सबैभन्दा पहिले लिने गर्छु म ।
एकपटक म एउटा अन्लाइन पोर्टलमा अन्तर्राष्ट्रिय कन्फेरेन्सको पूरा भिडियो हेर्दै थिएँ । त्यसमा फ्रीम्यान अतिथि रहेछन् । उनी त्यहाँ आए । मैले अतिथिको नाम हेरेको थिइनँ । मैले सोचें, ‘लौ गजब, नेल्सन मन्डेला पो रहेछन् मुख्य अतिथि’ । केही छिनपछि थाहा पाएँ, ती त फ्रीम्यान रहेछन् ।
अहिले ती महान् नेता मन्डेला त हामीबीच छैनन् तर मन्डेलाको जीवनीलाई लिएर बनाइएको फिल्ममा फ्रीम्यानले मुख्य भूमिका निर्वाह गरेका थिए । अहिले नेपाल आएर दौरा सुरुवालमा सजिई काठमाडौंमा देखिए फ्रीम्यान । यी र यस्तै विश्वप्रसिद्ध व्यक्तिहरू (जो विवादास्पद कार्यमा संलग्न छैनन्) नेपाल आएर आफ्नो फिल्म शूटिङ गर्दा, भ्रमण गर्दा, अझ भनौं नेपाली दौरा सुरुवालमा सजिँदा विश्वमा नेपाल अझ बढी चिनिन पाउँछ र नेपालको पर्यटन विकासमा यस्ता कार्यहरूले थप टेवा पुर्याइरहेका हुन्छन् ।
यो फरक प्रसंग यहाँ किन जोडियो भने नेपाल ‘नेपाल’ जस्तै भएकाले संसारभरका यस्ता विभिन्न व्यक्तिहरू नेपाल घुम्न आउँछन् र रमाउँछन् । यहाँको सुन्दरता देश विदेशमा चिनाउन सहयोग गर्छन् । हामीकहाँ जीवित संस्कृति छ । यो त संसारकै अध्यात्मको केन्द्र हो । नेपाल नेपाल जस्तो नभइदिएर कोरिया, इराक, अफ्रिकाको कुनै देश, या कुनै दक्षिण अमेरिकी मुलुक, या बेलायत जस्तो भइदिएको भए कोही माईकालाल यहाँ घुम्न र रमाउन आउने थिएन ।
पर्यटकलाई यहाँको प्राकृतिक सौन्दर्य मन पर्छ । उसलाई यहाँका मठमन्दिर मन पर्छन् । उसलाई यहाँको कला संस्कृति मन पर्छ । उसलाइ यहाँका भेषभूषा मन पर्छन्, चालचलन मन पर्छन्, अखण्ड परम्परा मन पर्छ, व्यवहार मन पर्छ, हाम्रो महानता, शालीनता र स्वाधीनता मन पर्छ । उसलाइ वीर नेपाली मन पर्छ । त्यसैले त ऊ नेपाल आउँछ ।
त्यसैले हामी नेपालीले नेपाललाई नेपाल नै रहन दिनुपर्छ । नेपालीलाइ नेपाली नै रहन दिऊँ । हाम्रो कला संस्कृति, रीतिरिवाज, धर्म, भाषा, भेषभूषा तथा सामाजिक मूल्यमान्यताहरूलाइ हाम्रै रहिरहन दिऊँ, राम्रै रहिरहन दिऊँ । हो, केही संस्कारहरू समयानुकूल परिवर्तन गर्नुपर्ने छन् होला । तिनलाई परिमार्जन गरौं । तर यी सबै कुनै बाह्य शक्तिद्वारा निमिट्यान्न पारिने गरी परिवर्तनशील होइनन् । विगतमा हाम्रो अस्तित्व र एकतामा दरार सिर्जना गर्न थुप्रै प्रयास भए परिवर्तनको नाममा । विद्यालय र विश्वविद्यालयहरूमा आगो लगाइयो, संस्कृत शिक्षालाई पाठ्यक्रमबाट हटाइयो, संस्कृत विद्यालय नै बन्द गरियो, मठमन्दिर अनि शालिकहरू भत्काइए, थुप्रै धरोहर नष्ट पारिए ।
यो तपाईं हाम्रो लोभको भकारीले निम्त्याएको परिवर्तन हो । तपाईं हाम्रो छोटो, सानो, संकीर्ण सोचले निम्त्याएको अवस्था हो । दुईचारपटकको विदेश भ्रमण, छोराछोरीलाई छात्रवृत्ति, मारुती अल्टो गाडी, विदेशमा पीआर इत्यादिको लोभमा हामी आफ्नै आमाको अस्मिता बेच्दैछौं । यो लाजमर्दो विषय हो ।
आफ्नो क्षमता र देशमा विद्यमान अथाह सम्भावनाहरूको पहिचान गर्न नसक्ने कमजोरीले निम्त्याइएको यो कथित परिवर्तन आत्मघाती छ । वर्गीय, जातीय तथा धार्मिक आधारमा देश बाँड्दा नेपाल नै रहँदैन । अनि नेपाल नै नरहेपछि हामी नेपाली कहाँ जाने ? भारतमा शासन गर्नुपूर्व अंग्रेजले एक कमान्डरलाई कसरी भारतमाथि कब्जा गर्न सकिन्छ, रणनीति बनाऊ भनी भारत पठाएका थिए रे । फर्केर ती कमान्डरले रिपोर्टिङ गरे ‘यदि भारतमा शासन गर्ने हो भने सबैभन्दा पहिले त्यहाँका धार्मिक आस्था, सांस्कृतिक धरोहर र वर्गीय–जातीय एकता जुन त्यहाँको खम्बा हो, त्यसलाई मेटाउनुपर्छ र जनतालाई वर्ग, जात तथा धर्म आदिका आधारमा विभाजन गर्न सकियो भने त्यहाँ राज गर्न सकिनेछ ।’
नेपालमा त्यस्तै भइरहेको छ परिवर्तन गर्ने निहुँमा । र त्यसै परिवर्तनको नाममा आफ्नोपन गुमाएर हामी अरूको जिन्दगी बाचिदिँदैछौं । एउटा मरेतुल्य जीवन ! तर अब पनि हामी जन्मिएनौं भने नजन्मिदै हामी मर्नेछौं । न कसैले हामीलाई कठै भन्नेछ, न कसैले हामीलाई एक दिन पनि सम्झिनेछ । हामी फगत एउटा माटोको हिस्सा मात्र बन्नेछौं । तर हामी त्यसो चाहन्छौं त ? होइन नि !
हामी त इतिहासमा नाम लेखाउन चाहन्छौं । हामी आफ्नो जीवन जिउन चाहन्छौं, आफ्नो माटोमा रम्न चाहन्छौं जसरी डाँफे मुनाल हाम्रो हिमालमा रमाइरहेछन् । र यो सही समय हो, हाम्रो आफ्नोपनलाई फेरि जन्माउने, हुर्काउने, बढाउने र संरक्षण गर्ने । यही सही समय हो, यसमाथि आक्रमण गर्नेहरूमाथि जाइलाग्ने । जसरी पृथ्वीनारायण शाहले नेपाल एकीकरणको शुरूआत गरे, अब हामी आफ्नो कला, संस्कृति, भाषा, भेषभूषाको एकीकरणतिर लाग्ने बेला आएको छ । यिनको संरक्षणमा खट्ने बेला आएको छ ।
हाम्रो इतिहासमा थुप्रै घटनाहरू भए, भौगोलिक रूपमा विभाजित नेपाल एक बनाइयो । अनेकौं उतारचढाव सहँदै एक स्वाधीन मुलुकको रूपमा हामी यहाँसम्म आइपुग्यौं । इतिहासको बारेमा मेरो बुझाइ के छ भने ‘देशको हरेक व्यक्तिलाई इतिहास अवगत हुनुपर्छ । उसले यसको महत्त्व बुझेको हुनुपर्दछ र पुस्तान्तरणमा भाग लिनुपर्छ । तर इतिहासलाइ दोहोर्याइनु भने हुँदैन ।’
नेपाल त एकीकृत भयो २०० वर्षअघि नै तर नेपाली मनहरू एकीकृत भएका छैनन् । पछिल्लो समयमा यी मनहरू बहकाइएका छन्, बहकिएका छन् । लोभ, लालच र ईर्ष्याको बिउ रोपिएकाले उनीहरू बहकिएका हुन् । र त्यो बिउ विभिन्न देशी विदेशी शक्तिहरूबाट रोपिएको छ, रोपिँदै पनि छ ।
हुन त यी बाह्य शक्तिहरू पहिले पनि नेपालमा आउने गर्थे । इतिहास भन्छ, ‘मल्लकालमै पादरीहरू काठमाडौं आउन पाएका थिए । विसं १८२४ मा तिनै पादरीमार्फत अंग्रेज शासकका प्रतिनिधि किन्लक आउन थालेपछि पृथ्वीनारायण शाह झस्के । र अब यी पादरीलाई यहाँ राखेको खण्डमा राज्य नै जान्छ भन्ने शंका उनको मनमा पर्यो । धर्मका आवरणमा पादरीहरू राज्य खोस्न आएको चाल पाएपछि तिनलाई निकाला गरिएको हो, नत्र उनीहरूको इज्जत नै गरिएको थियो’ । (प्रा. दिनेशराज पन्त )
अहिले फेरि नेपालमा त्यसैगरी विभिन्न राष्ट्रहरू धार्मिक संगठनहरूद्वारा उल्क्याएर एनजीओ र आईएनजीओको आवरणमा पुनः राज्यलाई कमजोर र अस्थिर पार्ने क्रियाकलापहरू भइरहेका छन् । विगतका २५ वर्षदेखि त यी पूर्ण सक्रिय छन् ।
हामीबीचको धार्मिक भिन्नता, धनी–गरीब, आदिवासी, जनजातीय समुदाय, नाक चुच्चे र थेप्चे अनि जातीयताको खाडल बनाएर झगडाका लागि आधारभूमि तयार पारिरहेका छन् तिनीहरू । तर हामी अनविज्ञ छौं सम्भावित खतराको बारेमा । हामी नेपालीको दुर्भाग्य नै भन्नुपर्छ, देशका नेताहरू मूल गौरवको जानाजान अवमूल्यन गर्दै अभिव्यक्ति दिन्छन् । हाम्रो मौलिकता मेटिँदैछ । हामी मेटिदैछौं ।
देशमा सुशासन, दिगो शान्ति, अमनचयन र जनएकता कायम गर्नुमा सबैभन्दा महत्त्वपूर्ण भूमिका राजनीतिक दल र त्यसका नेताहरूको हुन्छ । तर तिनमा देश तथा समाजप्रतिको उत्तरदायित्व भन्दा पनि खास प्रकारको राजनीतिक पूर्वाग्रह रहेको जगजाहेर छ । हिजोको नेपालका तुलनामा आजको ‘धर्मनिरपेक्ष’ नेपालमा जनजाति, आदिवासी, किराँत वा बुद्धिस्टहरूले आफ्नो समुदायलाई गुमाएका छन् ।
धर्मपरिवर्तनको यस्तो त्रासदी नेपालले कहिल्यै भोग्नुपरेको थिएन । अझ लामो संघर्षपश्चात् नेपालमा गणतन्त्र स्थापना गरियो । तर नेपालमा गणतन्त्र ल्याइनुको मुख्य कारण सत्ता र शक्तिको भोक रहेछ, राज्यको सम्पत्ति दोहन गरेर सीमित व्यक्तिहरू पूँजीपति बन्ने खेलो रहेछ भन्ने भान हुन लागेको छ । त्यो तथ्य दिनप्रतिदिन उजागर हुँदै गइरहेको पनि छ ।
समाज र राष्ट्रको लागि के सही छ, के गलत छ भनेर नसोची केवल आफू सत्तामा पुग्ने, भरसक कमाउने खेलोको रूपमा राजनीतिलाई हेरिने र दीर्घकालीन रूपमा गरिने कार्यको मूल्यांकन नगर्ने परिपाटी अहिले व्याप्त छ । अब आउने पुस्ताले पनि सम्भवतः यही परिपाटी सिक्नेछ ।
कौटिल्यको अर्थशास्त्रमा ‘प्राज्ञः शूरमतिसन्दते’ अर्थात् बुद्धिमानले सुरोलाई ठग्छ भनिन्छ । हामी नेपाली वीर छौं, सुरा छौं, सोझा छौं । तर अलि कम बुद्धिमान् भयौं कि ? त्यसैले त हामी सबैतिरबाट ठगिइरहेका छौं, चाहे त्यो आफ्नै नेताहरूबाट होस् चाहे बाह्य शक्तिहरूद्वारा !
त्यसैले नेपालमा पुनः एकीकरण जरूरी छ । एउटा सामाजिक एकीकरण, एउटा सांस्कृतिक एकीकरण !
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...