×

NMB BANK
NIC ASIA

थकित हात्ती लड्यो गोहीमाथि, दुवैको मृत्यु

कात्तिक ३, २०७६

NTC
Premier Steels

काठमाडौं – अफ्रिकी मुलुक जाम्बियाको आइल्यान्ड बुश क्याम्प निकुञ्जमा लुआङ्वा नदी नजिक एक विशाल हात्ती गोहीमाथि लडेको खतरनाक तस्वीर सार्वजनिक भएको छ । 

Muktinath Bank

तस्वीरमा मृत हात्तीको टाउको चाहिँ हाइनाले खाएको देखिन्छ भने च्यापिएको गोहीको अघिल्तिरका खुट्टा र पुच्छर देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तस्वीरहरू काफ्तुना सफारीको फेसबूक पेजमा शेयर गरिएको थियो । निकुञ्ज अधिकारीहरूलाई यसको अनुसन्धान गर्न समेत बोलाइएको थियो । 


Advertisment
Nabil box
Kumari

यो अत्यन्तै अनौठो परिस्थिति भएको बताइएको छ किनकि हात्ती गोहीमाथि थियो र उसले गोहीलाई कच्याककुचुक बनायो । 

Vianet communication

हात्ती लुआङ्वा नदीको किनार चढ्न खोज्दा थाकेर लडेको र गोहीलाई थिचेको निकुञ्ज अधिकारीहरूले विश्वास गरेका छन् । 

‘निकुञ्ज अधिकारीहरूले हात्तीको मृत्युमा मानिसको हात रहेको कुनै चिह्न फेला पारेनन् । विशाल हात्तीले दर्जनौं गिद्धहरूलाई आहार दिलायो,’ सफारीले लेख्यो । 

सफारी गाइड एन्ड्रु मवान्जाले हात्तीको लाश १२ दिनअघि फेला पारेका हुन् । 

गोहीभन्दा हात्ती निकै भारी हुन्छ तर गोहीहरूले साना हात्तीलाई विगतमा आक्रमण गर्ने गरेका थिए । 

नाइल गोहीहरू लुआङ्वा नदीमा भेटिन्छन् र उनीहरूले नदी तरिरहेका वा नदीमा पानी पिइरहेका हात्तीमाथि आक्रमण गर्ने गर्छन् । 

नदी तर्ने क्रममा आक्रमणमा परेको हात्तीले गोहीको पिण्ड छुटाउन नसकेको र थाकेर गोहीमाथि पछारिएर त्यसलाई चेप्ट्याएको हुन सक्छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x