शिवम् सिमेन्टस्ले पायाे एनएस क्वालीटी अवार्ड

काठमाडौं – यस वर्षको एनएस क्वालीटी अवार्ड शिवम् सिमेन्टस् लि.ले प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रदान गर्दै आएको यो अवार्ड यस वर्ष शिवम् सिमेन्टस्ले पाएको हो । 

बिहीवार उद्योग, वाणिज्य  तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यमा सो अवार्ड वितरण गरिएको विभागले जनाएको छ । 


Advertisement

विभागले प्रदान गर्ने तिन अवार्डमध्ये यस वर्ष तिनै विधामा सिमेन्टले पाएको हो ।


Advertisement

मारुती सिमेन्ट  र शुभश्री जगदम्बा सिमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा पर्न सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्