लाखौँ पुराना फोनबाट व्हाट्सएप एप्लिकेसन हट्दै, तपाईंको फोन कुन हो ?

आगामी केही महिनामा संसारका लाखौँ मोबाइल व्हाट्सएपले काम नगर्ने भएको छ । व्हाट्सएपले पुराना फोनहरूबाट आफ्नो एप्लिकेसन हटाउने बताएको छ ।

व्हाट्सएपको मालिक कम्पनी फेसबुकले यसबारेमा एक वक्तव्य निकाल्दै भनेको छ, '१ फेब्रुअरी २०२० बाट आइओएस ८ वा त्यो भन्दा पुरानो भर्सनका सबै आइफोन, २.३.७ वा त्यो भन्दा पुरानो एण्ड्रोइड फोनमा व्हाट्सएपले काम गर्दैन ।'


Advertisement

विन्डोजबाट चल्ने वाट्सएप चाहिँ ३१ डिसेम्बर २०१९ बाट नै बन्द हुनेछ । वाट्सएपले माइक्रोसफ्ट १० मा चल्ने वाट्सएप पनि बन्द गर्दैछ ।

व्हाट्सएपले आफ्नो वेबसाइटमा यसबारेमा सबै जानकारी दिएको छ ।


Advertisement

फेसबुकले व्हाट्सएपलाई सन् २०१४ मा १९ अर्ब डलरमा किनेको थियो । फेसबुक कम्पनीले व्हाट्सएपलाई आफ्नो दोस्रो मेसेजिंग प्लेटफार्म र इन्स्टाग्रामसँगै जोड्न चाहेको छ ।

व्हाट्सएपका अनुसार संसारमा १ सय ८० भन्दा बढी देशका १ अर्ब भन्दा बढी मान्छेहरूले यो एप्लिकेसन प्रयोग गर्ने गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्