जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
छिमेकी देश भारतको सत्तासीन दल बीजेपी का अध्यक्ष एवं केन्द्रीय सरकारका गृहमन्त्री अमित शाहले हिजो (बिहिवार) दिल्लीको एक कार्यक्रममा मन्तव्य दिँदा नेपालसँगको भारतको सम्बन्ध ‘सौहार्द र मैत्रीपूर्ण’ रहेको विचार प्रकट गरेको खबर भारतीय प्रेसले दिएको छ । सशस्त्र सीमा बल (एस्एस्बी) को वार्षिकोत्सवको त्यस अवसरमा बोल्दा शाहले भारतमा शान्ति होस् भन्ने चाहना नराख्ने विदेशी तत्वहरूले नेपाल र भारत बीचको ‘खुला’ सिमानाको दुरुपयोग गर्ने गरेको शिकायत गरेको जानकारी पनि जनसमक्ष आएको छ ।
खुला सिमाना यथार्थमा अव्यवस्थित सिमानाको रूपमा रहेको छ । सीमा वारपार आवतजावत गर्ने दुबैतर्फका मानिसलाई परिचय खोल्ने वा तोकेको नाका (सीमाचौकी)बाट मात्र वारिपारि गर्ने नियममा बाँधिएको छैन । काँडेतार, पर्खाल जस्ता कुनै छेकबार नभएको हुनाले जसले पनि जुनसुकै आली वा कुलो-पैनीबाट ओहोरदोहर गर्दै आएका छन् । यसरी दुई देशबीचको सीमालाई अव्यवस्थित राखेर अनधिकृत प्रवेश र आतङ्कवादी गतिविधि रोक्न कदापि सघाउ पुग्दैन । यस वास्तविकतालाई भारतको केन्द्रीय सरकारले बुझ्नुपर्छ । यसमा नेपालको अर्घेलो छैन किनभने नेपालले सीमा-व्यवस्थापनलाई सदैव प्राथमिकतामा राख्दै आएको छ ।
नेपाल-भारत सीमाको सन्दर्भ आउँदा नेपालमा खटिएका भारतीय कूटनीतिक कर्मचारीले सन् १९५० को शान्ति र मैत्री सन्धिको हवाला दिँदै त्यसले सिमाना ‘खुला’ राखिनुपर्ने तर्क दिने गरेका छन् । तर यथार्थमा यस सन्धिका १०मध्ये कुनै पनि धारामा सिमाना खुला राख्नुपर्ने भनेर उल्लेख भएको छैन । एक देशका नागरिकले अर्को देशमा रहँदा एकैनासको सेवा सुविधा पाउँछन् भन्नु एक पक्ष हो; ओहोरदोहोर नै बेरोकटोक हुनुपर्छ भन्ने तर्क अर्कै हो जसको बलियो वा कानूनी आधार छैन । भारतका वर्तमान गृहमन्त्रीले यस कुराको गहिरो अध्ययन गराएर समयोचित उपाय अवलम्बन गर्ने पहल थाल्नु आवश्यक छ । किनभने नेपाल-भारत बीचको जनस्तरको सम्बन्ध परिचयपत्रको आधारमा मात्र यात्रा गर्ने पद्धति लागू गर्दैमा सीमित हुने वा नियन्त्रित हुने होइन; यस्तो भय रहनु पर्दैन । परिचयपत्र पाउने विधि-प्रक्रिया सरल गराए भइहाल्छ । बरु खुला सिमानालाई जोसुकैको लागि ‘खुल्ला’ राख्ने अहिलेसम्मको प्रचलनलाई जति सकेको छिटो हटाउनु नेपाल र भारत दुबै देशको हितमा हुनेछ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...