×

NMB BANK
NIC ASIA

'बालखैमा दिल बस्यो' गीतको यात्रा : बजेट अभावमा 'अर्ग्यानिक टेस्ट', तर पनि करोड क्लबमा

माघ ४, २०७६

NTC
Premier Steels

तपाईंलाई लाग्न सक्छ- गीत हिट हुन चर्चित गायकगायिकाले गाउनुपर्छ । अझ चर्चित अनुहारलाई भिडियोको स्क्रीनमा देखाउनुपर्छ । तर सबै गीतमा यो लागू हुँदैन ।

Muktinath Bank

माथिका मानक बिनै करोड क्लबमा पुगेको गीत हो- बालखैमा दिल बस्यो गौंथली ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीतमा कुनै चलेका कलाकार नाचेका छैनन् । हिट गायक छैनन् । निर्देशक पनि नयाँ छन् । कोरियोग्राफर तथा क्यामेराम्यान पनि चल्तीका होइनन् । संगीतकार भने नयाँ थिएनन् । चल्तीका संगीतकार दीपक शर्माले संगीत दिएका थिए । तर गीत किन यति धेरै हिट भयो त ? निर्देशक निर्मल भन्छन्- दर्शकहरूले अर्ग्यानिक मन पराए ।


Advertisment
Nabil box
Kumari

गीतको संघर्षपूर्ण यात्रा

Vianet communication

कर्णाली प्रदेशको दैलेख जिल्लाका रुपेश चन्द आफूलाई कण्ठ भएको गीत गुनगुनाइरहन्थे । गोठालो जाँदा होस् या घरमै बस्दा, उनी 'मर्ने कसैलाई रहर हुँदैन' गीत गाउँथे । उक्त गीत उनलाई निकै मन पनि पर्छ । सुन्नेहरूले 'वाह दाम्मी छ', 'क्या मीठो गायौ' भन्थे । रुपेश पनि आफ्नो तारिफ सुन्दा मख्ख पर्थे । यतिमात्र होइन उनको स्वर राम्रो छ, राम्रो गीत गाउँछ भन्ने थाहा पाएर स्कूलमा सरहरूले समेत गीत गाउन लाउँथे । उनी धक नमानी आफूलाई आउने गीत गाइदिन्थे ।

सुर्खेतमा बागिना भन्ने एउटा संस्था छ । गीत संगीतमा भुल्न खोज्नेहरू त्यहीँ आउँछन् गीत गाउँछन्, रमाउँछन् ।

रुपेशको आफन्त धिरेन भन्ने निर्देशक निर्मलको साथी थिए । धिरेनले निर्मललाई भनेछन्- मेरो गाउँमा एउटा भाइ छ । उसले राम्रो गीत गाउँछ ।

त्यसपछि निर्मल र धिरेन रुपेशलाई भेटन् गए ।

निर्मल र धिरेनले एक-दुईटा गीत गाउन लगाए । रुपेशले प्रेम परियारको 'मर्ने कसैलाई रहर हुँदैन' भन्ने गीत गाए । उसको गीत निर्मलले मोबाइलमा खिचे । गीत सुनेपछि निर्मललाई लाग्यो- रुपेशको स्वरमा दम छ ।

रुपेशको प्रतिभा यस्सै मर्न दिन मन लागेन निर्मललाई । अनि सोचे- गीत रेकर्ड गराउनुपर्छ ।

निर्मलले गीति यात्रा सुनाए, 'दैलेख आइडल जितेपछि गाउँपालिकाले पनि गीत रेकर्ड गराउन आर्थिक सहयोग गर्छौं भनेको रहेछ । त्यसका लागि गीत रेकर्ड गराउन पर्ने थियो ।'

अर्जुन सापकोटाले निर्मल पौडेललाई संगीतकार दीपक शर्मासँग कन्ट्याक्ट गराइदिए । त्यसपछि रुपेशले गाएको गीतको भिडियो उनले दीपक शर्मालाई पठाए । उनलाई रुपेशको स्वरको क्वालिटी बुझ्नु थियो । दीपक शर्माले 'राम्रो छ, गाउन सक्छ' भनेपछि निर्मल पनि हौसिए ।

'दीपक शर्माले गीत सुनेपछि मेरो र उहाँको हप्तौंसम्म छलफल भयो । दैलेखतिरको भूगोल, परिवेश र उसले गाउन सक्ने पिचमा गीत निकाल्ने कुरा भयो,' उनले भने, 'दीपक शर्माले रुपेशका लागि तीन वटा गीत बनाए । शुरूको गीतमा हाई पीच बढी भएकाले उसले गाउन सक्दैन कि भन्ने भयो । अनि दोस्रो गीत बनाउनुभयो । दोस्रो पनि त्यस्तै भयो ।'

तेस्रो गीत 'बालखैमा दिल बस्यो गौंथली'लाई दीपक शर्माले डमी गाएर पठाए । 'हुन्छ' भन्ने भएपछि दीपक गीत बनाउन तर्फ लागे, रुपेश गीत प्राक्टिस गर्न थाले ।

उता निर्मल पनि सुर्खेतबाट आएर गीतका लागि चाँजोपाँजो मिलाएर रुपेशलाई काठमाडौं बोलाए ।

रुपेश काठमाडौं आए । गीत रेकर्ड गराए, सुर्खेत फर्किए ।

भिडियो बनाउँदाका सकस

गीत त बन्यो । तर गीतको भिडियो बनाउन समय लाग्यो । गीत रेकर्ड भएको चार महिनासम्म भिडियो बन्न पाएन । भिडियोको जिम्मा लिएका निर्मल लिरिकल भिडियो बनाएर हाल्ने मूडमा थिएनन् । 

गीत राम्रो बन्यो भन्ने लागेपछि चलेकै मोडल राख्ने योजनामा थिए निर्मलको टीम ।

'अनुभव र सेड्रिनालाई भिडियोका लागि लिने भन्ने कुरा भयो । केही मिटिङ पनि भयो,' निर्मल भन्छन्, 'उनीहरूलाई सुर्खेत लगेर गीत शूटिङ गरेर फाइनल गर्न लगभग ४ लाख लाग्ने देखियो ।' भिडियो बनाउन निकै खर्च हुने देखेपछि निर्मलको टीम ब्याक भयो । तर अन्तिममा भिडियो जसरी पनि बनाउने प्रेसर आएपछि निर्मलले सुर्खेतै गएर बनाउने निधो गरे । उनले क्यामेराम्यान अमृत केसीलाई काठमाडौंबाट बोलाए । सुर्खेतकै कोरियोग्राफर हेमन्त भुषालसँग कुरा गरे । चलेको प्रोफेसनललाई छोडेर जो-जो भेटिन्छ त्यो-त्योलाई लिन थाले निर्मलले ।

उनले भिडियोको कन्सेप्ट सुनाए । भुषाललाई उपयुक्त पात्र खोज्न सहयोग गर्नुस् पनि भने । एक हप्ताजति नयाँ अनुहार खोजेपछि अन्त्यमा दुई जना छाने- मिलन बिक र पूजा गाहा । पछि भिडियो चाहिँ निर्मलले आफ्नै गाउँमा खिचे ।  

'अन्तिममा हामीले भिडियो ८० हजारमा सक्यौं । तुलनात्मक हिसाबमा यो निकै सानो बजेटमा बनेको भिडियो हो,' भिडियोको संघर्ष सुनाए उनले ।

'अर्ग्यानिक टेस्ट दर्शकले मन पराए'

सुर्खेतकै परिवेश उताकै कलाकार भएकाले यो गीत र भिडियो दुवै अर्ग्यानिक भएको निर्देशक निर्मल पौडेल बताउँछन् । 'जे भयो राम्रैको लागि भयो, स्थानीय कलाकार राखेर पनि भिडियो चल्यो कि जस्तो पनि भान हुन थालेको छ,' उनले भने, 'तर यतिसम्म हिट हुन्छ भन्ने चाहिँ सोचेका थिएनौं । गीतलाई  लिएर जति पनि प्रतिक्रिया आएका छन्, ती सबै लोकल टेस्टसँग सम्बन्धित छन् ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x