×

NMB BANK
NIC ASIA

कोशीको बगरमा गोलभेँडा लटरम्मै, एउटै बोटमा २० देखि ३० किलोसम्म फल्ने दाबी

माघ १५, २०७६

NTC
Premier Steels

काम गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्, सुनसरीको कोशी गाउँपालिका–३ का धर्मेन्द्र विश्वासले ।

Muktinath Bank

रोजगारी नपाएर दैनिक रुपमा मोटो रकम खर्च गरेर विदेशतर्फ होमिएका युवालाई उनले उक्त लगानीमा स्वदेशमै रोजगारी गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्नै घर नजिक रहेको पाँच कट्ठा जग्गामा व्यावसायिक गोलभेँडा खेती गरेर अहिले त्यस क्षेत्रका धेरै कृषक र वैदेशिक रोजगारीका लागि खाडीसहितका मुलुक जानेका लागि प्रेरणाको स्रोत बनेका छन् ।


Advertisment
Nabil box
Kumari

गोलभेँडा खेती गरेर विश्वास अहिले कोशी गाउँपालिकाभित्रकै नमूना कृषकका रूपमा परिचितसमेत भएका छन् ।

Vianet communication

गाउँपालिकाले केही दिनअगाडि मात्र कृषक विश्वासलाई भारतको राजस्थान भन्ने ठाउँमा कृषक भ्रमणका लागि लगेको थियो । 

सोही क्रममा कृषक विश्वासले त्यहाँका किसानले गरेको गोलभेँडा खेती हेरेर फर्केपछि आफ्नै खाली रहेको पाँच कट्ठा जग्गालाई सदुपयोग गर्दै गोलभेँडा खेती गरे ।

उनले चाई ताई सिट थाइल्यान्डको करण प्रजातिको गोलभेँडा खेती गरेका छन् ।

विश्वासले एक कट्ठामा ५०० बिरुवा रोपेका छन् भने पाँच कट्ठामा दुई हजार ५०० बिरुवा रोपेका छन् । एउटा बोटमा २० देखि ३० किलोसम्म गोलभेँडा फल्ने गरेको उनले बताए ।

गोलभेँडाबाट राम्रो आम्दानी हुन थालेको र खेतमा उत्पादित गोलभेँडाले बजारमा राम्रो ठाउँ पाएको उनले जानकारी दिए ।

पाँच कट्ठा गोलभेँडा खेती गर्नका लागि रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च लागेको उनले सुनाए । अहिले गरेको गोलभेँडा खेतीबाट मात्र करीब रु सात लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ छ ।

शुरुमा गरेको पाँच कट्ठामा राम्रो गोलभेँडा उत्पादन भएपछि अहिले थप पाँच कट्ठा जग्गामा गोलभेँडा खेती गर्ने तयारी गरेको उनले बताए ।

खेतमा उत्पादन भएको गोलभेँडा इनरुवा र कोशी गाउँपालिका क्षेत्रमा लाग्ने हाट बजारमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

विसं २०६५ भदौ २ गते कोशीबाँध फुट्दा त्यो जग्गा मरुभूमिमा परिणत भएको थियो ।

जग्गा मरुभूमिमा परिणत भएको जग्गामा गोलभेँडा खेतीले राम्रो आम्दानी र उत्पादन दिन थालेपछि आफूलाई हर्षित बनाएको उनको भनाइ छ ।

कोशीले बालुवा ल्याएर थुपारेको जग्गामा केही उत्पादन नहुने सोचमा डुबेका विश्वास अहिले खुशीले गद्गद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x