निरौलाको निर्देशनमा मुस्ताङमा सारा र बिजयको ‘तिमी टाढा कता कता’

कात्तिक २०, २०७५

काठमाडौं- गायक कर्णदास र गायिका प्रश्ना शाक्यको स्वर रहेको ‘तिमी टाढा कता कता’ बोलको गीतको सुटिङ मुस्ताङ र जोमसोममा गरिएको छ ।

किशोर दत्त बरालको शब्द रहेको गीतमा गायक कर्णकै संगीत छ । 


ADVERTISEMENT

सारा सिर्पाली र बिजय कार्कीलाई फिचरिङ गरिएको गीतको भिडियालाई चलचित्र निर्देशनमा स्थापित निर्देशक बसन्त निरौलाले निर्देशन गरेका हुन । गीतको भिडियो केही दिनमा यूट्युब रिलिज गरिने निर्देशक निरौलाले बताए ।
भिडियोको कोरियोग्राफी अभिनेत्री पवित्रा आचार्यले गरेकी छिन् ।

दिव्य सुवेदीको छायांकन रहेको गीतको भिडियोमा अरबिन्द पौडेलले लगानी गरेका छन् ।

कात्तिक २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस