अनुप र वर्षाको ‘मंसिर १५ मा’ गीत रिलिज [भिडियोसहित]

मंसिर १७, २०७५

काठमाडौं– चलचित्र ‘पुरानो बुलेट’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

‘मंसिर १५’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । राम भट्टराईको शब्द रहेको गीतमा उत्तम जङ्ग लिम्बु र मेलिना राईको स्वर रहेको छ । गीतमा सङ्गीत गायक उत्तम स्वयंमले भरेका हुन् । भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन ।


ADVERTISEMENT

भीषण राई निर्देशित ‘पुरानो बुलेट’मा अनुप र वर्षाको साथमा माला लिम्बु, कृष्णभक्त महर्जन्, कविता आले, शिव मुखिया, भरत लिम्बु, शिरोमणी दवाडी, बादल श्रेष्ठ, करण धिताल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा कथा तथा पटकथा निर्देशक भिषणसँगै सन्तोष राईको रहेको छ ।

अशोक कुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा हरि घले लामाको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्र चैत १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

मंसिर १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस