सञ्चारकर्मी खनालले ल्याए इतिहास सम्झाउने राष्ट्रिय गीत [भिडियो]

सञ्चारकर्मी चुरामणि खनालले नेपाली वीरताको इतिहास र गौरवपूर्ण विगत सम्झाउँदै राष्ट्रिय गीत सार्वजनिक गरेका छन् ।

“नबिर्सौं वीरताको गाथा” शीर्षकको राष्ट्रप्रेमले ओतप्रोत गीतमा खनालकै शब्द र संगीत रहेको छ ।


Advertisement

आवाजमा उनलाई मनिका विश्वकर्माले साथ दिएकी छिन् । बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक गीतमा पुर्खाले देखाएको वीरता सम्झिएर नेपालको सीमा रक्षा गर्नुपर्ने भाव छ ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्शा सार्वजनिक गरेलगत्तै सार्वजनिक भएको गीतमा पनि सीमा रक्षाका लागि नेपालीहरुलाई अपिल गरिएको छ । यो आफ्नो पहिलो राष्ट्रिय गीत भएको र आगामी दिनमा पनि राष्ट्रभक्तिका सिर्जनामा लागिरहने उनले बताए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्