×

NMB BANK
NIC ASIA

सुशान्त सिंह राजपूतको एकपछि अर्को फिल्म खोस्ने अभिनेता को हो ?

असार ७, २०७७

NTC
Premier Steels

अघिल्लो साता मुम्बईमा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतलाई त्यस्तो निर्णय लिन बाध्य बनाउने व्यक्तिहरू को थिए भन्ने विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Muktinath Bank

अनुसन्धानका क्रममा प्रहरीले बलिउडमा व्याप्त नातावादको कोणबाट समेत अनुसन्धान गरिरहेको छ । सलमान खान, शेखर कपूर, आदित्य चोपडा, कंगना रनावत, मुकेश भट्ट र करण जोहर लगायतका मानिससँग प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न सूत्रहरूले मुम्बई मिरर पत्रिकालाई बताएअनुसार, निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्म रामलीलामा सुशान्तलाई खेलाउन चाहन्थे तर यशराज फिल्म्ससँगको सम्झौताका कारण उनलाई त्यो फिल्म दिइएन । 


Advertisment
Nabil box
Kumari

अनि बाजीराव मस्तानी फिल्ममा पनि सुशान्तलाई नै भन्सालीले शुरूमा लिन खोजेका थिए । सम्झौताबमोजिम वाणी कपूरसँग सुशान्तले बेफिक्रे फिल्म खेल्ने कुरा थियो तर उनलाई दिइएन । निराश भएर सुशान्तले यशराज फिल्म्ससँग नाता तोडे । 

Vianet communication

प्रहरीको अनुसन्धानले स्पष्ट देखायो– सुशान्तले नपाएका सबै फिल्म एक विशेष अभिनेताले पाएका हुन् । कुरा नचपाई भन्नुपर्दा सुशान्तका फिल्म रणवीर सिंहले उछिट्याएका हुन् । ती सबै फिल्म सुपरहिट भएका थिए । 

अनि रणवीर सिंहले पनि यशराज फिल्म्ससँग सम्झौता गरेको भए पनि अर्को प्रोडक्सन हाउससँग फिल्म गर्न पाए तर सुशान्तलाई चाहिँ त्यसो गर्न दिइएन । 

ती फिल्महरू सुशान्तले गर्न पाएको भए उनको गणना बलिउडका सुपरस्टारमा हुने थियो । 

प्रहरी सूत्रहरूका अनुसार, सुशान्तले एकपछि अर्को ठूला फिल्महरू गुमाइरहेका थिए भने यशराज फिल्म्सले उनलाई सम्झौताबाट मुक्त पनि गरिरहेको थिएन । त्यसपछि हैरान भएुर सुशान्तले राजकुमार हिरानीको फिल्म पीके खेल्ने सम्झौता गरे र अघिल्लो सम्झौताको टेन्सन लिएनन् । 

त्यसपछि नै यशराज फिल्म्ससँग उनको मनमुटाव शुरू भयो । तर पछि यशराजकै ब्यानरमा उनले डिटेक्टिभ ब्योमकेश बक्शी फिल्म पनि खेले तर त्यो फ्लप रह्यो । 

पछि प्रख्यात निर्देशक शेखर कपूर पानी नामक फिल्म सुशान्तलाई राखेर बनाउन चाहन्थे तर यशराजले फिल्म बनाउन मानेन । शेखरका अनुसार, सुशान्तले फिल्मका लागि कठोर मेहनत गरेका थिए र फिल्म नबनेपछि उनी कैयौं दिनसम्म रोए । फिल्मका लागि उनले ११ महिनासम्म मेहनत गरेको बताइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x