पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
असार ७, २०७७
कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रण र रोकथाममा सरकारले आफ्ना संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन गर्न नसकेको आरोप लाग्दै आइरहेको छ ।
संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन नगर्ने र सामाजिक/भौतिक दूरी कायम गर्न लगाइएको लक-डाउन पनि निष्प्रभावी भएको अवस्थामा नेपालमा कोरोना संक्रमणले भयावह रूप लिन सक्ने सम्भावनाले आमनागरिक त्रस्त छन् ।
पछिल्लो समय देश पूरै खुला भएको छ । मुख्य शहरहरूमा भीडभाड बढेका छन् र संक्रमणको दैनिक गति उकालो लागिरहेको छ । यस्तो अवस्थामा राज्य आफूले बहन गर्नुपर्ने दायित्वमा कहाँनेर चुक्यो ? यो प्रसंगमा लोकान्तरकर्मी ईश्वर अर्यालले जनस्वास्थ्यविज्ञ डाक्टर समीरमणि दीक्षितसँग कुराकानी गरेका छन् ।
प्रस्तुत छ डा. दीक्षितसँग गरिएको कुराकानीको सम्पादित अंश -
संक्रमण नियन्त्रण र रोकथाममा राज्य कसरी र कहाँ चुकिरहेको छ ?
यो चुक्यो भन्ने शब्द अलि कस्तो–कस्तो लाग्यो । तर राज्य चाहिँ परीक्षणमा चुकेको छ नि ! परीक्षण भनेको देशभरिका लागि हो । जस्तो क्वारेन्टाइन व्यवस्थापनमा चुकेको हो ।
काठमाडौंको कुरा गर्ने हो भने राज्य चुकेको होइन, राज्यका तर्फबाट कमजोरी भएको हो । लक-डाउनलाई पहिला चाहिनेभन्दा बढ्ता महत्त्व दिइयो ।
हामीले ५/६ हप्ता लक-डाउन गरेपछि खुकुलो गर्दै जान थाल्नुपर्थ्यो के ।
अब समस्या आउँदैन भनेर राज्यले कसरी सुनिश्चित गर्ने ? हामीले धेरैपटक खबरदारी गर्यौं । करायौं । राज्यले वास्ता नै गरेन, त्यहाँ कमजोरी देखियो । जब मान्छेलाई असह्य भयो र आन्दोलन गर्न थाले अनि सरकार आत्तियो ।
अब मान्छेहरू नियन्त्रणबाहिर जान थाले भनेर राज्य तर्सियो । मान्छेहरूको विरोधका कारण लक-डाउन खुकुलो पारेको देखाउनुभन्दा त आफैंले गरेको हो भनेर देखाउन राज्य लाग्यो ।
आन्दोलन नभएको भए अझै कडीकडाउ हुन्थ्यो ?
७/८ हप्ता एकदम कडिकडाउ गर्ने अनि अकस्मात पूरै खोल्दिने ? अहिले खुकुलो पारेको भन्न मिल्दैन । पूरै खुला गरेको जस्तो छ । स्कूल, पब्लिक भेहिकल, पार्टी प्यालेस, सिनेमा खेलकूद र हवाईजहाजबाहेक सबै खुला गरिदिएको छ । जोरबिजोर पनि खासै चलिरहेको छैन ।
राज्यको चरम गैरजिम्मेवारी कहाँनेर देखियो भन्दा चरणबद्ध खुकुलो पार्नुपर्नेमा उनीहरूले आँखा चिम्लिदिए । पहिला बढी कडा गरे अहिले बढ्ता खुला गरिदिए । हुँदाहुँदा मास्क नलगाई हिँड्ने मान्छेलाई कारवाही गर्न सक्नुपर्ने हो त्यो पनि छैन ।
मास्क लगाउन प्रोत्साहित गर्ने, नलगाउनेलाई केही कारवाही गर्ने काम त गर्न सक्छ नि सरकारले । त्यो पनि गरिरहेको छैन । तरकारी बजारमा दूरी मेन्टेन भएको छैन । अस्तिसम्म सडकमा आएका बूढापाकालाई त लठ्ठी हान्न सक्ने सरकारले अहिले मास्क नलगाई हिँड्नेलाई केही कारवाही गर्न सक्दैन ?
कडिकडाउ गर्न किन सकिँदैन ? मान्छेले कपडाकै भएपनि मास्क लगाएर हिँड्छ नि !
अस्तिसम्म पसल बन्द गराउँदै हिँड्ने त्यही सुरक्षाकर्मी सडकमा छन् । उनीहरूले मान्छेलाई सचेत बनाउन त सक्छन् नि ! गाह्रो छैन । राज्यले यहीँनेर चरम लापरवाही गरिरहेको छ । जानीजानी गरेको हो कि जस्तो लाग्छ कताकता ।
संक्रमण बढिरहेको छ, तर गतिविधि पूरै खोलिदिएर सरकारले उल्टो दिशा समातेको हो ?
चरणबद्ध रूपमा खुकुलो गर्दै जाँदा केही फरक पर्दैन ।
संक्रमण भनेको के हो भने एउटा समयमा बढ्दै जान्छ, अर्को समयमा कम हुन्छ ।
असारको अन्त्यतिर उत्कर्षमा पुगेर झर्न सक्छ भन्ने मेरो आंकलन छ । यसलाई बढ्ने क्रममा खुकुलो पार्‍यो, घट्ने क्रममा टाइट बनायो भन्न मिल्दैन ।
अमेरिकामा हेर्ने हो भनेपनि उनीहरूको घट्ने क्रममा त छ तर संख्या नेपालको भन्दा कति हो कति धेरै छ नि । त्यो बढ्ने घट्नेसँग जोडिएकै छैन । मुख्य कुरा मास्क लगाएर दूरी मेन्टेन गर्ने हो भने संक्रमण बढ्ने गति आफैं कम भइहाल्छ । चाहिनेभन्दा बढी बढ्न दिँदैन ।
हाम्रोमा संक्रमण उत्कर्षमा पुगेको कसरी थाहा पाउने ?
परीक्षण नभएकाले हाम्रोमा कहिले बढ्यो र कहिले घट्यो भन्ने यथार्थ जानकारी नै छैन । बढेर उच्च तहमा पुगेपछि तल झर्दै पो छ कि ? के थाहा ?
अहिले परीक्षणको दायरा मात्र बढेको हो कि ? हामीलाई थाहा नै छैन । राज्यले अहिले पछिल्लो समयमा ५/६ हजार परीक्षण कनीकनी गरिरहेको छ, सबै विदेशबाट आएकाहरूलाई मात्र गरेको हो । यहीँका मान्छेहरूलाई गर्ने हो भने यो भन्दा ठूलो संख्यामा संक्रमण देखिएको हुन सक्छ ।
काठमाडौंमा पनि २/४ जना दैनिक संक्रमितको संख्या बढिरहेको छ, संक्रमित नै नभएका हुन् कि परीक्षण नभएको हो ?
त्यो त स्वाभाविक हो । काठमाडौं मात्र भनेर हुँदैन । काठमाडौंमा पनि दैनिक सयौं अझ भनौं हजारौं बाहिरबाट आइरहेका छन् । त्यहाँ पनि राज्यकै दोष छ । परीक्षण गर्ने हो भने काठमाडौंमा पनि धेरैमा संक्रमण भेटिन सक्छ ।
काठमाडौं २ पटक तर्स्यो, एउटा पहिलो केस भेटिँदा तर्स्यो, त्यसपछि सनसिटी अपार्टमेन्टमा देखिएपछि तर्स्यो । अहिले त तर्सिनै छाडेको छ । देशभरि ८ हजारमाथि संक्रमण देखिइसकेको छ । यो अझ बढ्छ भनेर हामीले पनि भनिरहेका छौं । तर मुलुकभित्र भयावह नै छ भन्ने स्थिति अहिले पनि छैन ।
परीक्षण नगरेको हुनाले यो समाजमा के भइरहेको छ भन्ने थाहा छैन । बाहिरबाट आउनेहरूको मात्र परीक्षण गरिरहेका छौं । अहिले पनि ४० हजार स्वाब टेस्टका लागि होल्ड भइरहेको अवस्था छ ।
जति धेरै स्वाब टेस्ट गरिन्छ त्यति धेरै केसहरू देखिन्छ अब केही हप्तासम्म । त्यसपछि बल्ल समाजमा जाने हो । त्यतिबेलासम्म उत्कर्ष बिन्दु पार गरिसकेको पनि हुन सक्छ । समाजमा कतिपय त संक्रमण लागेर निको भएर पनि बसिसकेका छन् ।
एकले अर्कोलाई संक्रमण गराउने दर नेपालको हकमा कमजोर नै देखिएको हो त ?
यसको बारेमा अहिल्यै केही भन्न सकिन्न । जस्तै काठमाडौंमा दिनको १५ हजार जति टेस्ट गरौं न, त्यसबाट ५ प्रतिशतसम्म संक्रमण देखिन सक्ने मेरो आंकलन छ । परीक्षण नै नभएको अवस्थामा एकले अर्कोलाई संक्रमण गराउने दर कम या बढी छ भनेर कसरी भन्न सकिन्छ ?
तराईबाट आउने, भारतबाट आउनेहरू काठमाडौंमा धेरै नै आइसकेको छ । तराईबासी मात्र होइन, काठमाडौंबाट नै घुम्न गएर फर्केर आउनेहरूको संख्या कति धेरै छ ? परीक्षण नभएर हो थाहा नभएको । 'नो न्यूज इज गुड न्यूज' भन्या जस्तो हो ।
संक्रमितको यकिन तथ्यांक नै थाहा नभएको अवस्थामा संक्रमित नभएको जस्तो देखिएको मात्र हो ।
यसमा पनि राज्यकै गैरजिम्मेवारी मुख्य कारण हो ?
जिम्मेवारीको त कुरै नगरौं । आजको दिनसम्म हामीले दैनिक ६ हजारको हाराहारीमा टेस्ट गरिरहेका छौं । प्राइभेट सेक्टरलाई परीक्षण गर्न दिइएको छैन हल्लाखल्ला जति गरेपनि । बरू आफ्नो ल्याबहरू बढाउँदै बसिरहेका छन्, पैसा खानका लागि ।
दिनको १५ हजार जति परीक्षण गर्नुपर्ने हो, त्यो भएको छैन । यसमा गैर-जिम्मेवारी मात्र होइन चरम लापरवाही देखिएको छ ।
निजीलाई दिने कुरा भएको थियो, अस्ति मन्त्रिपरिषद्ले निर्णय गरेको होइन र ?
मन्त्रिपरिषदले निर्णय गर्यो, प्रधानमन्त्रीले निर्णय गरे । प्रवक्ताले बोले । तर खोइ त ? अंग्रेजीमा एउटा उखान छ, 'प्रुफ अफ द पुडिङ इज इन् द इटिङ' । खीर बनायो भने खीर मीठो छ कि छैन भनेर आकलन गरेर हुँदैन, खानै पर्छ ।
हामीले खीर यति मिठो बनाएका छौं, यस्तो छ भनेर के गर्नु ? खाएको छैन । हामीले यस्तो प्लान गरेका छौं भनेर के गर्नु ? त्यसलाई कार्यान्वयन नै गरिएको छैन । खीरकै उखान जस्तो त हो यो भनेको पनि ।
एक महिनापछि काठमाडौंको स्थिति के होला ?
काठमाडौँमा पनि संक्रमणको पनि संख्या बढ्छ । मृत्युदर पनि बढ्छ । अब आएर नियन्त्रणबाहिर नै जाला जस्तो त मलाई लाग्दैन । जे हुनु भइसक्यो । चौथो महिना पुगिसक्यो । संसारभरको तथ्यांक हेर्ने हो भने चौथो महिनामा गएर घट्न थालिसकेको छ ।
संक्रमण बढ्ला काठमाडौंमा । संसारको तथ्यांकलाई हेरेर नेपाल सरकारले गाइडलाइन पनि ल्याउन खोजिरहेको थियो । त्यहाँ त एक-डेढ महिनामा त करीब ४ लाख संक्रमित हुन सक्ने र २० हजारको मृत्यु हुन सक्छ भनेको थियो । २० हजार मान्छे मर्छ भन्नु जोक हो ? हजार गुणा नै मिलेन अहिलेको तथ्यांक हेर्दा । २२ जनाको मात्र मृत्यु भएको छ अहिलेसम्म ।
२२ जना पनि कोरोनाका कारण मृत्यु भएको होइन भन्छन् प्रधानमन्त्रीले, खास कसरी मृत्यु भएको रहेछ ?
कोरोनाले कसलाई मार्छ र ? कोरोनाले आम मान्छेलाई केही गर्दा पनि गर्दैन । रुघाखोकीले भन्दा पनि कम असर गर्छ । रुघाखोकीले ज्वरोस्वरो गराएर मान्छेलाई थला पार्छ । यसले त आम नागरिकलाई थला पनि पार्दैन भनेको । यो केही पनि होइन ।
तर डरलाग्दो कहाँनेर छ भने यसले उमेर भएकाहरूमाथि ठूलो हमला गर्न सक्छ । उमेर भएका र दीर्घरोगीहरूलाई यसले छाड्दैन । प्रधानमन्त्रीले भनेको कुरा त्यहाँनेर मिल्छ । उहाँले दीर्घरोगी भन्न खोजेको हो । नियमानुसार दीर्घरोगीलाई कोरोना नलागेको भए छिटै मृत्यु नहुन सक्थ्यो ।
कोरोनाका सन्दर्भमा हेल्थ प्रोटोकलहरू अद्यावधिक नभएका हुन् हाम्रोमा ?
परीक्षणमा त नयाँ गाइडलाइन ल्याएर झन् गडबड गर्न खोजेको छ सरकारले । विश्व स्वास्थ्य संगठनका अनुसार भनेर ल्याइएको गाइडलाइन झन् गलत भइदियो । क्वारेन्टाइनमा बसेकालाई परीक्षण नै नगरी घर जान दिने भन्नु त डरलाग्दो कुरा हो ।
त्यो भइरहेको छ र त्यसैले समाजमा संक्रमण बढ्ने खतरा देखिरहेको छु मैले । तर अरु गाइडलाइन के गरेको छ त्यो त हेर्नुपर्ला । अहिले भन्न सम्भव नहोला । तर परीक्षणको गाइडलाइन चाहिँ गलत छ ।
प्रधानमन्त्रीले अब केही गर्न सकिन्न भनेर हार मानेपछि बेसार खाऊ, हाच्छियुँ गर भन्न थालेका हुन् ?
प्रधानमन्त्रीको कुरा मलाई गर्नै मन छैन । अस्ति विज्ञहरूको छलफलमा मैले कोरोनाभाइरसमा बोसीय र फ्याटीय तत्व हुँदैन, प्रोटिनको लेयर हुन्छ भनेर भनेको थिएँ । उहाँले मलाई नै टार्गेट गरेर मैले यस्तो भन्न खोजेको होइन, यस्तो भन्न खोजेको हो भनेर उल्टै १० मिनेट समय बिताइदिनु भयो ।
उहाँलाई कति सुझाव दिनु के ? मान्ने भए पो ! आफैं जान्नेसुन्ने बन्न खोज्नुहुन्छ । मुख्य कुरा उहाँलाई सल्लाह सुझाव दिने नजिकका प्रियपात्रहरूले यो कुरा बुझ्नुपर्ने हो । यो पहिलोपटक होइन, पटक-पटक यस्तै कुराहरू दोहोर्‍याइरहनु भएको छ ।
विज्ञान भनेको ढिपी कस्ने विषय होइन । यो अंकमा जाने कुरा हो । अंक र तथ्य हो । उहाँले न अंक मान्नुहुन्छ न तथ्य मान्नुहुन्छ । विज्ञानको धज्जी उडाउनु भएको छ । उहाँको बारेमा त्यही भएर बोल्न मन लाग्दैन मलाई ।
संक्रमणको नियन्त्रण आम नागरिकको पनि भूमिका हुन्छ होला नि ?
एउटा कुरा काठमाडौं लगायतका ठाउँमा राज्यले मास्क लगाउन, दूरी कायम गर्न कडिकडाउ गर्नुपर्छ । हामी नागरिकले पनि राज्यलाई नकुरौं के । पसलेले पनि मास्क नलगाइकन कोही किनमेल गर्न आउँछ भने त्यसलाई सामान नबेचौं ।
ट्याक्सी त बाध्यता हो । ट्याक्सीमा पनि एक जनाभन्दा बढी बसेको छ भने कारवाही गरौं । भीडभाड हुन बिल्कुलै दिनु भएन । मास्क नलगाएकालाई जरिवाना गर्नुपर्यो ।
सरकारविरुद्ध बाहिर प्रदर्शनहरू भइरहेका छन्, यसको जोखिम कसरी मूल्यांकन गर्ने ?
यस्तो बेलामा सडक आन्दोलन भनेको चरम मूर्खता र गैरजिम्मेवारीपूर्ण काम हो । उनीहरूले राखेको मागमा मेरो केही भन्नु छैन । लोकतन्त्र हो, संविधानले नै माग राख्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । तर जुन किसिमले प्रदर्शन भइरहेको छ, त्यो चरम मूर्खता हो ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...