माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
भदौ ५, २०७९
२०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भयो । सोही दिन बनेको अन्तरिम व्यवस्थापिकामा कांग्रेस प्रजातान्त्रिकका तर्फबाट मनोनित भएका थिए, प्रदीप गिरी ।
शान्ति प्रक्रियामा आएको माओवादीसँगै कांग्रेस र एमालेका दश/दशजना सदस्य थपिएका थिए । अन्तरिम संविधान जारी गरेसँगै मधेशमा असन्तुष्टि बढ्न थाल्यो ।
माइतीघर मण्डलादेखि तराईका जिल्लामा संविधानका प्रति जलाइन थाले । मधेशमा आन्दोलन हुने देखेपछि जेपी गुप्तालगायत कांग्रेसका केही नेताले सांसद पदबाट राजीनामा दिएर हिँडे ।
पछि महन्थ ठाकुरहरूले पनि कांग्रेस छाडे । मधेश आन्दोलन र मधेशको समस्याबारे देश नै गम्भीर अवस्थामा रहेको समयमा प्रदीप गिरीले संसद्मा अत्यन्त महत्त्वपूर्ण सम्बोधन गरेका थिए ।
सभामुखको आसनमा थिइन्, तत्कालीन उपसभामुख चित्रलेखा यादव । गिरीको मन्तव्यले सबैलाई यसरी मन्त्रमुग्ध गरायो कि उपसभामुखले सदस्यलाई दिएको समय बिर्सिइन् ।
मिति र समय यकिन नभएपनि गिरीलाई बोल्नका लागि विशेष समयमा १५ मिनेट दिइएको थियो । तोकिएको समयभन्दा धेरै बोलिसकेपछि गिरीले भने, ‘सभामुखको कुर्सीमा बसेकी विदुषी माननीयले मेरो माइक काट्न बिर्सनुभयो क्यारे, अब मैले टुंग्याउँछु ।’ मधेश सभ्यता र आन्दोलनबारे बोलेका गिरीले यसो भन्दा ग्यालरी बैठकमा उपसभामुख यादव मुस्कुराएकी थिइन् ।
२०६४ सालको संविधानसभामा उनी समानुपातिकबाट सांसद निर्वाचित भएर आए । राज्यको शासकीय स्वरूप निर्धारण समितिको सदस्य थिए, गिरी । सिंहदरबारस्थित अहिले राज्य व्यवस्था समितिको कार्यकक्ष रहेको ठाउँमा थियो, समितिको कार्यकक्ष । कांग्रेसका शम्भु हजारा दुषाध सभापति थिए ।
समितिको बैठक बिहान प्रायः ८ बजे हुन्थ्यो । समयमा सदस्यहरू नआएपछि बैठक सञ्चालन गर्न सभापतिलाई गाह्रो हुने । जब सभापतिले अर्को बैठक भोलि बिहान ८ बजे भन्थे, गिरीको असहमति हुन्थ्यो, ‘त्यति छिटो म कहाँ आउन सक्छु ?’ बैठक शुरू भएपछि गिरी एउटा अंग्रेजी पत्रिका काखीमा च्यापेर आइपुग्थे ।
समितिका बैठकमा पनि गिरीका अभिव्यक्ति त्यतिकै तर्कपूर्ण हुन्थे । २०७० सालको संविधानसभा निर्वाचनमा समेत गिरी समानुपातिकबाट सांसद बनेका थिए । संविधानसभाको दुवै कार्यकालमा उनले तर्कपूर्ण बहस गरे ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गिरी सिराहा– १ बाट निर्वाचित भए । स्वास्थ्य उपचारका लागि कहिले भारत त कहिले अस्पतालमा रहेका कारण गिरीले पछिल्लो एकवर्ष संसद्मा सम्बोधन गर्न पाएनन् ।
प्रतिनिधिसभा विघटनअघि र पुनःस्थापित प्रतिनिधिसभामा गिरीले केही महत्त्वपूर्ण सम्बोधन गरेका थिए ।
संसद्का बैठकमा गिरीले सम्बोधन गर्ने भनेपछि सत्ता–प्रतिपक्षका सबै सांसद चुइँक्क बोल्दैनथे । गिरी त्यस्ता अपवाद सांसद थिए, जसले सम्बोधन गर्दा संसद्मा ‘पिन ड्रप साइलेन्स’ छाउँथ्यो ।
सम्बोधनहरूमा महाभारत लगायत टुक्कालाई जोडेर गिरीले आफ्नो वाककलालाई निखारेका थिए । गिरीले उठाएका सवालको जवाफ परिस्थितिअनुसार मन्त्री, प्रधानमन्त्रीले नदिई सुखै थिएन ।
ओलीलाई दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्री भन्दै ...
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको घटना सम्बन्धमा असार २८, २०७५ मा प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै गिरीले निरीह व्यक्तिमाथि तागत नदेखाउन केपी ओलीलाई सुझाव दिए ।
‘प्रधानमन्त्रीज्यू दक्षिण एसियाको शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री ओलीले गरिमा देखाउने बेला हो, कुलप्रसाद जस्तो साधारण नागरिकलाई तागत देखाउने होइन । एयरपोर्टमा हिँडेको मानिसलाई विनाकारण ल्याएर छाड्न मिल्दैन,’ गिरीले प्रतिनिधिसभा बैठकको विशेष समयमा गिरीले भने ।
गिरीले उपकुलपतिलाई विदेश जानबाट रोकेर सरकारले नागरिकलाई तर्साउने काम गरेको आरोप लगाए । ‘उपकुलपतिलाई धरपक्कड साधारण कुराभित्र लोकतन्त्रको परिभाषा लुकेको छ, लोकतन्त्रमा सरकार जनतासँग डराउँछ, तानशाहीमा सरकारसँग जनता डराउँछ,’ गिरीले भने, ‘कुलप्रसाद कोइरालाको समस्या जनतालाई तर्साउने कुरामा सीमित छ । तर तर्साइहाल्ने अवस्था पनि छैन ।’
दुबारा पासा फ्याँकेर, प्रतिनिधिसभा विघटन नगर्नुस्
पुनःस्थापित प्रतिनिधिसभाको चैत ३०, २०७७ मा बसेको बैठकमा गिरीले दोस्रोपटक पनि संसद् भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराए ।
‘जालझेल गरेर सकुनीले पासा फ्याँकेजस्तो गरेर दुबारा पासा नफ्याँक्नुस् । सकुनीले दुईपटक पासा फ्याँकेका थिए, एकपटकको पासालाई द्रौपतिको प्रतिउत्तर निरस्त्र गरिएको थियो । दुबारा पासा फ्याँकेर फेरि पाण्डवलाई जंगल पठाएजस्तो संसद् विघटन गर्ने दिशामा कृपया नगइदिनोस्,’ गिरीले भने ।
‘म मेरै गोरुको बाह्रैटक्का भन्ने पक्षमा छैन, तर मलाई शंका छ, हाम्रा शीर्षस्थ मानिस, मुलुकका सबैभन्दा प्रभावशाली मानिस, मुलुकको सबैभन्दा बलियो मानिस, (प्रधानमन्त्री भन्न चाहन्नँ) भन्दै हुनुहुन्छ कि मै ठीक छु, मेरा कुरा सबै तिमीहरूले मान,’ ओलीलाई सुझाव दिँदै उनले भने ।
‘महेन्द्रले जस्तो सुटुक्क एउटा चिट्ठी पठाएर काम गर्ने अर्काेतिर उग्र भाषण गर्ने काम नगर्नुस्’
भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरिसकेको समयमा गिरीले राजा महेन्द्रले जस्तो चतुर्याइँ गर्न केपी ओलीलाई सुझाव दिएका थिए ।
‘हामीले भर्खरै हिन्दुस्तानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौं, नक्सा अस्त्र । अब हामीले जारी गरेको नक्सालाई विफल हुन नदिन हामीले जुन कूटनीति अपनाउनु परेको छ, त्यसबारे हाम्रो मन्त्रालय सजग छ ? त्यसमा हामीलाई मड्रिडको दूतावासले कुनै सहयोग गर्न सक्छ ? डेनमार्कको दूतावासले गर्न सक्छ ? गरे बरु बेइजिङले नै गर्ला ध्यान पुर्याउनुस्,’ सांसद गिरीले जेठ २५, २०७७ मा भनेका थिए ।
‘अगाडि बढाउनु छ भने हिन्दुस्तानसँग लेनीदेनी गरेर बदलिएको परिस्थितिमा गणतान्त्रिक तबरले निर्णय गर्नुस्, राजा महेन्द्रले जस्तो सुटुक्क एउटा चिट्ठी पठाएर काम गर्ने र अर्कातिर उग्र भाषण गर्ने काम नगर्नुस् ।’
नेपाल–भारत सम्बन्धमा राजा महेन्द्रको प्रसंग जोड्दै गिरीले अगाडि थपे– ‘यद्यपि जाँदाजाँदै भन्न चाहन्छु, राजा महेन्द्र अत्यन्त सफल र दूरदर्शी कूटनीतिज्ञ थिए । यो मेरो भनाइ होइन, भारत, चीन र नेपालको सन्दर्भमा लेखिएको सबैभन्दा आधिकारिक पुस्तक लियो इ रोसेको स्ट्राटिजी फर सर्भाइभलले भनेको । नेपाल कसरी बच्यो भन्ने विषयलाई हेर्नुस् । कूटनीतिका बारेमा हामीले बुद्धि पुर्याइरहेका छैनौं । कूटनीतिक ढंगले गर्नुपर्ने कामको साटो हामीले विदेशको नियुक्तिलाई आफ्ना कार्यकर्ता पाल्ने थलो बनाएका छौं ।’
सांसद गिरीले भारत, चीन र अमेरिका बाहेकका देशमा दूतावास आवश्यक नभएको समेत टिप्पणी गरे । ‘क्यानबेरा र बेइजिङमा भवन बनाउन बजेट छुट्टाइएको छ । दूतावासको भवनसँग घर आउन छट्पटिएकासँग तुलना गर्न सकिँदैन । ३० वटा दूतावास र नियोग कुन मापदण्डका आधारमा चलिरहेका छन् ? बेलायतमा राणाकालमा किनिएको दूतावास किन चलिरहेको छ ? कुनै समय राजालाई दरबार चाहिएजस्तो अहिले राष्ट्रपति र प्रमलाई स्वागत गर्नेबाहेक दूतावासले के काम गरेका छन् ?’ उनले प्रश्न गरे ।
सांसद गिरीले अनावश्यक देशमा रहेका दूतावास हटाउन सरकारलाई सुझाव दिए । ‘विदेशमन्त्री र अर्थमन्त्रीलाई श्रीलंकाबाट फर्केका राजदूत विश्वम्भर प्याकुरेलको कुरा सुनेर दुई मिनेटमा प्रतिभाशाली प्रधानमन्त्रीलाई सुनाइदिनुहोला, यो भएन भने नक्सा अस्त्रबाट मुक्त भएर प्रधानमन्त्रीले सार्थक राजनीतिमा लैजानु हुन्छ, उहाँमा दक्षता छ, सल्लाहकार ठीक भएनन्,’ गिरीले भने ।
अमरसिंह थापाले जस्तो खुकुरी पछि चम्काउँला, अहिले जनता बचाऔं, इनफ इज इनफ !
जेठ ५, २०७७ मा संसद्मा बोल्दै गिरीले केपी ओली सरकारप्रति जनता वाक्क दिक्क भइसकेको भन्दै ‘इनफ इज इनफ’को नारा लगाएका थिए । गिरीको अभिव्यक्तिलाई केपी ओलीले पटक–पटक संसद्मा उठाएका थिए ।
गिरीले आफ्नो ३० वर्षे संसदीय इतिहासमा सरकारका नीति तथा कार्यक्रमले पहिलोपटक सर्वाधिक निराश बनाएको भन्दै इनफ इज इनफको नारा लगाएका थिए ।
राष्ट्रपतिले संसद्मा पेश गरेका सरकारका नीति तथा कार्यक्रम किमकर्तव्यबिमुढताको ठोस प्रमाण भएको गिरीको आरोप थियो । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतवारको छलफलमा भाग लिँदै नेता गिरीले अनिश्चित बन्दै गइरहेको लकडाउनका कारण मानिस रोगभन्दा भोकले मर्ने अवस्था आउँदा पनि सरकारले गरीबीलाई सम्बोधन गर्ने कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘नशा लागेको हो ? यो दस्तावेजमा मानवजातिको इतिहासमा आज अघि कहिल्यै नभएको संकट आइपरेको छ । कार्यक्रममा भनिएको छ, कसैलाई भोकै रहन दिन्नौं । म चेतावनी दिन चाहन्छु– रोगभन्दा भोकले नै मर्ने अवस्था आइसक्यो,’ गिरीले भनेका थिए, ‘भनिन्छ, रक्सीको नशा खाएपछि, पैसाको नशा पाएपछि र सत्ताको नशा गाएपछि लाग्दो रहेछ, ओहो तपाईं कति ठूलो मान्छे भन्दिएपछि हुँदो रहेछ । मानवताको इतिहासमा यति ठूलो संकट आएको छ, कार्यक्रममा मात्र भनिएको छ– गरिनेछ । यस्तै हो भने केही दिनपछि मरिनेछ भनेर लेख्नुपर्छ ।’
उनले नेपाल सरकारको अकर्मण्यता दोस्रो विश्वयुद्ध पहिलेको बेलायती प्रधानमन्त्रीसँग तुलना गरे । ‘यो सरकारको अकर्मण्या त्यस्तै छ, जस्तो दोस्रो विश्वयुद्धको समयमा प्रधानमन्त्री नेबिल चेम्बर लाइनलाई हटाउन उनकै पार्टीका लर्ड एमेरी र विन्स्टन चर्चिलले उठेर भन्नुपएको थियो– इनफ, इनफ । हामीमाथि दया गर त्यो कुर्सी छाडिदेऊ,’ सांसद गिरीले भने, ‘प्रधानमन्त्रीको तथाकथित देशभक्तिमा मलाई शंका छैन । उहाँको वचन र राष्ट्रवादका अनुसार जनसेना बनाएर प्रचण्डसँग हातमा हात मिलाएर चीन र भारतलाई सबक सिकाउन बेर छैन । तर आज समस्या छ भोकमरीको, जनता बाँचेर बलियाबांगा भए भने अमरसिंह थापा जसरी खुकुरी चम्काएर सतलज पुगेका थिए, त्यसै गरौंला, अहिले विदेशमा अलपत्रलाई ल्याउन आँट देखाउनुस् ।’
उनले राष्ट्रपतिलाई सबैको साझा बन्न सुझाव दिएका थिए । ‘सरकारले समस्या समाधान गर्दैन भने ठाउँ छाडोस्, म द्वितीय विश्वयुद्धको चर्चिल बोल्दैछु । अन्यथा प्रधानमन्त्रीले सीमामा र विदेशी भूमिमा अलपत्रलाई भन्न सक्नुपर्छ, मसँग दिनका लागि केही छैन । हामी केही दिन दुःख पाएर बसौं, प्रधानमन्त्रीले झूटो ललिपप दिने होइन ।’
‘भारतले कश्मीर खाएको छ, सकेको दिनमा उसले नेपाललाई सिक्किम बनाउने छ’
प्रदीप गिरीले नेपाल सिक्किम बन्न सक्ने भनी संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा दिएको अभिव्यक्तिबारे संसद्मा बोलेर प्रस्टीकरण दिएका थिए ।
आफूले समितिमा विश्लेषण नभई प्रश्न गरेको दाबी गर्दै गिरीले संसद्मा समय पाए, आफ्नो भनाइको पक्षमा १५ मिनेट तर्क पेश गर्ने बताए ।
‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कूटनीतिका सिद्धान्त र ज्ञानका आधारमा नभई किताबमा पढेको आधारमा बोलेको थिएँ । सभामुखले कृपा गर्नुभयो भने म यस विषयमा १५ मिनेट लगाएर आफूले भनेको कुराको समर्थनमा तर्क पेश गर्छु,’ भदौ ९, २०७६ मा प्रतिनिधिसभा बैठकमा बोल्दै गिरीले भने, ‘प्रश्न थियो, विश्लेषण थिएन, जुन प्रकारले सरकार चलाउनुभएको छ, कूटनीतिलाई नबुझी प्रचारसँग मिसाउनुभयो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ भनेको थिए ।’
केही दिनअघि संसदीय समितिमा गिरीले ‘भारतले कश्मीर खाएको छ, सकेको दिनमा उसले नेपाललाई सिक्किम बनाउने छ,’ भन्ने अभिव्यक्ति दिएका थिए ।
गिरीले बलभद्र थापा र अमरसिंह थापाले बन्दुक बोकेको समय नभई कूटनीतिमा आएको डिजिटल क्रान्तिको युगमा वामपन्थी लप्फाजीमा नलाग्न आग्रह गरे ।
‘प्रतिनिधिसभाको पछिल्लो बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकको विषयमा हामीलाई जानकारी दिनुभयो । त्यो जानकारी सुनेर गद्गद् हुँदै मोहित भएर निस्केपछि साँझपख आयोगको बैठक सम्बन्धमा परराष्ट्रको विज्ञप्ति पढ्न पाए, त्यो २ वटाको निष्कर्ष पढ्दा बैठक निरर्थक भएको लाग्यो । माननीयहरूलाई सम्झना होला, कालापानी, लिपुलेक सुस्ताको बारेमा कुरा उठायौं भन्नुभएको छ । १९५९ को सन्धि पुनरवलोकनका लागि सचिवस्तरीय संयन्त्र बनायौं भन्नुभएको थियो । परराष्ट्र मन्त्रालयले छापेको वक्तव्यमा त्यो छैन,’ गिरीले भनेका थिए, ‘देश बदलिएको छ, सरकार बदलिएको छ, दुईतिहाइको सरकार छ । हिन्दूस्तानको सरकारका त विभिन्न आयाम छन्,’ गिरीले भने, ‘परराष्ट्र मन्त्रीको भनाई २ वर्षको तोते बोलीजस्तै छ, उही शब्द दोहोर्याउने क्रममा हात्तीहात्ती भनेजस्तै, सधैँ लिपुलेक, सुस्ता, कालापानी र १९५० को सन्धिको पुनरवलोकन । पुनरवलोकन गर्न कसले रोकेको छ ? कालापानी भाषण गरेर फिर्ता हुन्छ ?’
सोभियत संघ पतन र ओली सरकारको दिशा
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्व बजेट) छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सोभियत संघ विघटनको प्रसंग सुनाए ।
नेपालमा सरकारले नागरिक अधिकार खोस्न लागेको सन्दर्भ कोट्याउँदै उनले नागरिक अधिकार खोसिँदा कसरी सोभियत संघ विघटन भयो भन्ने उदाहरण पेश गरे ।
‘सोभियत युनियनको विघटन, त्यत्रो शक्तिशाली देश, विश्वको दुई शक्ति मध्येको एक देश, त्यति छिट्टै धरासायी हुन्छ भनेर १ वर्ष अगाडि समेत कल्पना गरेका थिएनन् । शक्ति र कलकारखानामा कुनै कमी थिएन, ठूला–ठूला मिसाइल थिए, केवल त्यहाँ मानव अधिकार थिएन । लेख्ने बोल्ने आजादी नभएपछि जनमत थाहा हुँदो रहेनछ,’ गिरीले वैशाख ३१, २०७६ मा संसद्मा भनेका थिए ।
‘आज सबैले स्वीकार गरेका छन्, नागरिक अधिकार भएको भए सोभियत युनियनको यो दुर्दशा हुने थिएन,’ उनले भने । ‘विकासको मोडलमा संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने, अमेरिकाले चन्द्रमामा मान्छे पठाएमा त्यसको नक्कल गर्नुपर्ने, अमेरिकाले एउटा रकेट बनाए रुसले दुईवटा बनाउनुपर्ने त्यो मोडेलका कारण ध्वस्त भयो,’ गिरीले संसद्मा भने, ‘सोभियत युनियन ढलेको भोलिपल्टदेखि किताब लेखियो, स्वतन्त्र र निर्बाध बजार अहिलेको आवश्यकता हो ।’
गिरीले अहिलेको समयमा आर्थिक विकासलाई राज्यले रोक्न नसक्ने दाबी गरे । ‘मैले प्रधानमन्त्रीको विद्वताको चर्चा गर्दा मेरा साथीहरू हाँसे । अर्थमन्त्रीको विद्वतामा कसैको प्रश्न छैन होला । अर्थमन्त्रीले ल्याउन भएको बजेटको सिद्धान्तमा दिगो आर्थिक नीति र समृद्धि गरिनेछ भनिएको छ । दिगोको एसेन्स के हो ? सामाजिक न्याय र उच्चतम् वृद्धिदर सँगसँगै जान सक्छ ? वृद्धिदर र समानता सामाजिक न्याय सँगसँगै जान सक्छ कि सक्दैन ? वृद्धिदरको धारणाको कुरा छाड्नुस्, सामाजिक न्याय चाहनुहुन्छ भने,’ गिरीले भने ।
कांग्रेसको शासनकालमा पीएचडीधारी अर्थमन्त्रीका कारण देश अन्धकार युगमा प्रवेश गरेको गिरीले बताए । ‘गहुँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिन्न भन्न नसक्ने मान्छे अर्थमन्त्री बने,’ गिरीले थपे, ‘बीपीले भन्नुभयो, विकासको यो नवउदारवादी मोडल हामीलाई चाहिँदैन, अमेरिकाको मोडलले नेपाल चल्दैन । तर बीपीका उत्तराधिकारी हाम्रा प्रधानमन्त्रीहरूले पीएचडी गरेको भरसक अमेरिकामा पीएचडी गरेको मान्छेलाई ल्याएर अर्थमन्त्री बनाए । तथाकथित विकासीकरणको अन्धयुगमा प्रवेश गर्यौं ।’
सम्भवतः अन्तिम सम्बोधन– ‘भारत र चीनको बीचमा भएकाले मात्र नेपाल सानो हो, विश्वमा सानो छैन’
२०७९ भदौ ४ गते शनिवार निधन भएका गिरीले सम्भवतः २०७८ साउन १५ गते अन्तिम सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएको १० दिनपछि संसदबाट उनले यो सरकार असफल भएमा संविधान असफल हुने र व्यवस्था नै असफल हुने बताएका थिए ।
त्यो सम्बोधनमा गिरीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर भएको बहस र भूराजनीतिक चासोका बारेमा बोलेका थिए ।
‘एमसीसीको प्रस्ताव अमेरिकाबाट आएको छ, हिन्दुस्तानबाट आएको होला, चीनबाट आएको होला । हामी नेपाल सानो देश भन्छौं, तर भारत र चीनको छिमेकमा हुँदा सानो भएको हो । संसारमा नेपालभन्दा साना देश अन्यत्र पनि छन्,’ गिरीले भनेका थिए ।
सत्ताभन्दा पर बस्ने गिरी र देउवाको एउटा किस्सा
पाँचौपटक प्रधानमन्त्री बन्नुभन्दा अलि पहिला एक दिन कांग्रेस सभापति देउवालाई भेट्न प्रदीप गिरी बूढानीलकण्ठ पुगेका रहेछन् । पार्टीको लथालिंग पारा देखेपछि गिरीले देउवालाई ‘तिम्रो बुद्धि छैन, पार्टी चलाउन जानेनौ’ भनेछन् । देउवाले जवाफ फर्काएछन्, ‘म बुद्धि नभएर चारपटक प्रधानमन्त्री बनिसकें, तँ बुद्धि भएको मान्छे, एकपटक प्रधानमन्त्री भएर देखा न त !’
कांग्रेस वृत्तमा यो किस्सा प्रख्यात छ । कांग्रेसमा गिरी त्यस्ता अपवाद पात्र हुन्, जसले मन्त्रीका लागि मरिहत्ते गरेनन् । पार्टी सत्तामा रहँदा पनि उनी प्रतिपक्षको भाषा बोले । २०७२ सालमा संविधान जारी गर्ने बेला हस्ताक्षर गरेनन् । तर २०७४ सालमा कांग्रेसले गिरीलाई संसद्मा ल्याउन चाह्यो, किनभने संसद्मा कांग्रेसले लिएको नीतिको आलोचना गर्ने गिरीबाहेक कोही थिएनन् ।
हेर्नुहोस्, संसद्मा प्रदीप गिरीको अन्तिम सम्बोधन :
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...