×

NMB BANK
NIC ASIA

बाद्यवादनमा भविष्य खोज्दै बालबालिका

पाल्पा | साउन १०, २०८०

NTC
Premier Steels

सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुगेका छन् पाल्पाको रामपुरका अनुप काफ्ले । 
    
उनी १५ वर्षका भए । उनलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीत अनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्छन् । ४ वर्षदेखि  काफ्लेको दिनचर्या यसरी नै बितिरहेको छ ।

Muktinath Bank

उनको घर अहिले बाद्यवादन सिक्ने थलो नै बनेको छ । काफ्लले आफूले जानेको सीप अन्य साथीहरूलाई पनि सिकाउँछन् । घर नै सङ्गीतको मीठो धुनले गुञ्जयमान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सङ्गीत नभई बस्न सकिँदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु,’ काफ्लले भने, ‘घरमा बाजा पर्याप्त छन्, स्कूलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु ।’


Advertisment
Nabil box
Kumari

गाउँघरमा हुने भजनकीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन शुरू गरेका काफ्लेले क्रमशः सारङ्गी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिके । अहिले उनी गाउँमा आयोजना गरिने महायज्ञ, भजनकीर्तन, धार्मिक कार्य लगायतमा सहभागी भई बाद्यवादनको काम गर्छन् । घरमा रहेका विभिन्न थरिका बाजा बजाउन थालेपछि छुट्टै आनन्दको अनुभूति हुने गरेको काफ्ले बताउँछन् ।

Vianet communication

‘विद्यालय समयबाहेक साँझबिहान घरमा बसेर सिक्ने गरिरहेको छु, अहिले गाउँका महायज्ञ, भजनकीर्तनजस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ,’ उनले भने ।

भजनकीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक बाद्यवादनका सामग्री खरिद गर्ने गरेको काफ्ले बताउँछन् । धार्मिक कार्यमा सहभागी भएबापत उनले ६ घण्टाको समय बाद्यवादनमा खटिएबापत ५ हजारसम्म रकम बुझ्छन् । भविष्यमा राम्रो सङ्गीतकार बन्ने काफ्लले लक्ष्य छ । घरमा बुवाआमाको राम्रो साथ सहयोग पाएका काफ्लेले एसईई परीक्षा उत्तीर्णपश्चात सङ्गीत र संस्कृत शिक्षा पढ्ने योजना बनाएका छन् ।

काफ्लेको जस्तै रामपुरकै विष्णु पोखरेलको पनि सङ्गीतमा औंधी रुचि छ । घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिकेका १४ वर्षीय पोखरेललाई यतिबेला बाद्यवादनप्रति प्रेम नै बसेको छ । मादल, हार्मोनियम र गीतारमा उनले राम्रो ताल भर्छन् । पोखरेललाई यसका अलवा अन्य बाजाको मोह उत्तिकै छ । विद्यालय बिदाको समय अहिले उनी अन्य बाजा बजाउन सिकिरहेका छन् ।

पोखरेल भन्छन्, ‘सिक्न थालेपछि सङ्गीतबिना एकछिन बस्नै सकिँदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु, विद्यालयमा सङ्गीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो, तैपनि घरमा भएका तथा साथीसँग भएका बाद्यवादनका सामग्रीलाई आलोपालो गरेर सिक्दैछु ।’

पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारङ्गी, बाँसुरी, गितार लगायत बाजा छन् । साँझ–बिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ । भविष्यमा बाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उनको सोच छ । पोखरेल यस क्षेत्रमा ४ वर्षदेखि समर्पित हुन्छन् ।

यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि ३ वर्षदेखि सङ्गीतमै रमाएका छन् । घरमा बिस्तारै मादल बजाउन सिकेका उनले आफ्ना साथीसँग यससम्बन्धी ज्ञानआर्जन गरिरहेका छन् । पढाइ नबिग्रिने गरी आफूलाई मनपर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेको घिमिरे बताउँछन् । १५ वर्षीय घिमिरेलाई बाद्यवादनप्रति निकै मोह छ । मादल, किबोर्ड र गितारका धुनमा उनी खाली समय बिताउँछन् । 

सङ्गीतको क्षेत्रमा केही गर्ने मनसाय बोकेर बाद्यवादनलाई निखारता दिन यससम्बन्धी इन्टरनेट लगायतका विभिन्न माध्यममा आवश्यक ज्ञानका कुरा घिमिरेले अध्ययन गर्छन् । अहिले अक्टोप्याड, हार्मोनियम लगायत बाजामा उनी ताल भर्न सिक्दै हुन्छन् ।

‘घरमा अभिभावकले महत्त्व दिएर बाद्यवादनका सामग्री खरिदमा सहयोग गर्नुभएको छ, यसले झन् यही क्षेत्रमा केही गर्छु भन्ने उत्साह थपिएको छ, परिवारको सहयोग पाएकाले बाद्यवादन क्षेत्रमै नाम कमाउने धोको छ,’ उनले भने ।

सङ्गीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ । मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई सङ्गीतको धुनले भुलाइदिएको हुन्छ । साहित्य र सङ्गीतका अनेकौं रूप छन् । शब्दको सङ्गमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ र सात सुर तथा सरगमको सङ्गमबाट सुमधुर सङ्गीत प्रवाहित हुन्छ । गीत–सङ्गीत–साहित्य मानव जीवनको प्राण नै हो । मानव मनभित्र पनि एक किसिमको सङ्गीत पैदा भएर तरङ्गित भइरहेको हुन्छ । 

रामपुरकै अन्जन काफ्ले शारीरिक व्यायाम हुने, मानसिक सन्तुलन राम्रो हुँदै जाने, अल्छीपन हट्ने, तनाव हटेर जाने तथा फुर्सदको समयको राम्रोसित सदुपयोग भएको बताउँछन् । १२ वर्षीय काफ्ले ५ देखि ७ जनाको समूहमा विद्यालय समयबाहेक अन्य समय मिलाएर घरमा सङ्गीत सिक्ने गरेको बताउँछन् । उनी घरमा बुवा र दाजुबाट सीप सिकेर ३ वर्षयता सङ्गीतमा गीत अनुसारको ताल निरन्तर सिकिरहेका छन् ।

सानो उमेरमा पनि बाद्यवादनको क्षेत्रमा काफ्लेको सौख बढेको छ । सङ्गीतका अलवा उनलाई चित्र कोर्न र फूटबल खेल्न औंधी रुचि छ । कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा काफ्लेले सङ्गीत सिक्न थालेका हुन् ।

रामपुर नगरपालिकाभित्र बाद्यवादनसम्बन्धी कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन् । एक स्थानीय तहमा एउटा विद्यालयमा सङ्गीतसम्बन्धी कक्षा सञ्चालन गर्न यस क्षेत्रमा भविष्य बुन्दै गरेका बालबालिका तथा किशोर किशोरीको माग छ । खासगरी मानिसको प्रत्येक समयको अनुभूतले मनमा त्यस्तै किसिमको सङ्गीत पैदा भइरहेको हुन्छ ।

दुःख, सुख, हाँसो, आँसु सबै किसिमको संवेग तथा परिस्थितिमा त्यसैमा मेल खाने सङ्गीतको झन्कार मनमा झंकृत भइरहेको हुन्छ । त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी सङ्गीत सुन्न पाइयो भने त्यसले अझै सार्थकता पाउँछ र गहिरोसँग सङ्गीतले हृदयमा छाप छोड्छ । त्यही बाहिरी सङ्गीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगी सावित हुन्छ । – सुशीला रेग्मी/रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x