बैशाख ८, २०८१
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
काठमाडाैं | असोज ५, २०८०
झण्डै साढे ३ महिना ढिलागरी आउन लागेको नेपाल पर्यटन बोर्डको बजेट सार्वजनिक नहुँदै विवादमा परेको छ ।
असार २५ गते नै ल्याइसक्नुपर्ने बजेट भोलि असोज ६ गते ल्याउन लागिएकोमा त्यो पनि सार्वजनिक नहुँदै विवादमा परेको हो ।
कुल बजेटको ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनका लागि छुट्याएको विषयमा विवाद भइरहेको छ ।
विविध कारणले बजेट ल्याउन ढिलाइ भए पनि ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनमा छुट्ट्याइएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले लोकान्तरसँग बताए ।
'विविध कारणले समयमा बजेट ल्याउन सकिएन । भोलि डेढ अर्बको बजेट ल्याउँदैछौं । त्यसमध्ये ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनका लागि छुट्याएका छौं,' रेग्मीले भने ।
बोर्डको मुख्य काम नै अन्तर्राष्ट्रिय प्रबर्द्धन भएको तथा विगतमा पनि ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनमा छुट्याउने गरिएकाले यसपटक पनि १ अर्ब १० करोड जति रकम छुट्याइएको रेग्मीको दाबी छ ।
तर, पर्यटन बोर्डकै उपाध्यक्ष चन्द्र रिजाल भने ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनका नाममा छुट्ट्याउनुमा बदनियत रहेको बताउँछन् । विदेश गएर मोजमस्ती गर्न उक्त रकम छुट्ट्याउन लागिएको उनको आरोप छ ।
'अन्तर्राष्ट्रिय पर्यटन प्रबर्द्धन भन्या के ? मलाई विदेश जान मन लाग्यो भनेर म लण्डन गएर झोला बोकी पैसा खर्च गर्छु भनेको हो ?,' रिजालले लोकान्तरसँग भने, 'नेपालमै बसेर डिजिटल मार्केटिङ गरेर पनि त अन्तर्राष्ट्रिय प्रबर्द्धन हुन्छ नि ! नेपालमै रोजगारी दिएर पनि अन्तर्राष्ट्रिय प्रबर्द्धन हुन्छ नि !'
विदेश गएर पैसा खाने मेलो मात्र भएको उनको आरोप छ ।
'अर्काको देशमा गएर स्टल राख्नु र सबै पैसा खर्च गर्नु मात्र अन्तर्राष्ट्रिय प्रबर्द्धन होइन, अन्तर्राष्ट्रिय प्रबर्द्धनको नाममा पैसा खाने बहाना मात्र हो,' रिजालले लोकान्तरसँग भने ।
असारमै आउनुपर्ने बजेट असोजमा आउँदै
नेपाल पर्यटन बोर्डको आर्थिक तथा खरिद विनियमावली,२०७२ अनुसार समयमै कमिटी गठन गरी ३ वर्षको आय समीक्षा गरेर जेठ १५ गतेभित्र बोर्डमा बजेट पेश गरिसक्नुपर्ने प्रावधान छ ।
त्यसपछि पेश गरिएको प्रस्तावलाई बोर्डले निर्देशन दिएर पठाउने र असार २५ गतेभित्र पास गरिसक्नुपर्ने प्रावधान छ ।
तर, म्याद नाघेको झन्डै ३ महिनापछि मात्र प्रमुख कार्यकारी अधिकृत रेग्मीले बजेट पेश गर्न लागेका हुन् । रेग्मी सचिव नहुँदा समयमा बजेट ल्याउन नसकिएको जिकिर गर्छन् ।
'बीचमा सचिव थिएनन्, प्रशासनिक काम नै हुन सकेन,' रेग्मीले लोकान्तरसँग भने, 'आन्तरिक समस्या पनि थियो । मैले ७५ प्रतिशत अन्तर्राष्ट्रिय प्रबर्द्धनमै बजेट राख्नुपर्छ भन्दा बोर्डका केही सदस्यहरू मान्न तयार हुनुभएको थिएन, त्यसैले समयमा बजेट ल्याउन सकिएन ।'
अन्तर्राष्ट्रिय रूपमा हुने कुन-कुन कार्यक्रमका लागि ७५ प्रतिशत रकम छुट्याइएको हो भन्ने विषयमा उनले केही खुलाउन मानेनन् । बरु उनले बोर्डका अरू सदस्यमाथि आरोप थोपरे ।
'उसै पनि मिडियाको हातहातमा बजेट पुगिसकेको छ । त्यो अनैतिक काम बोर्ड सदस्यले नै गरेका हुन्,' रेग्मीले थपे, 'अब भोलि बजेट आइहाल्छ । अहिले यो विषयमा केही पनि बोल्न चाहन्नँ ।'
तर, उपाध्यक्ष रिजाल भने रेग्मीको भनाइ खण्डन गर्छन् ।
'सचिव नभएर बजेट नआएको भन्नु गलत हो । सचिव चैतमा हुनुहुन्नथ्यो र ? जेठमा हुनुहुन्नथ्यो र ? समयमा ल्याएको भए पुरानै सचिवले सबै टुंग्याउनुहुन्थ्यो । अर्काको टाउकोमा पन्छ्याएर मात्र हुन्न,' रिजालले थपे, 'तथ्य त के हो भने चैतमा नै बजेटको समीक्षा भएर जेठमा बोर्डमा छलफल हुनुपर्थ्यो । असार २५ मा पास हुनुपर्थ्यो ।'
आफूले समयमा काम नगर्ने अनि सचिव भएनन् भनेर दोष थोपर्ने कुरा उचित नभएको उनको तर्क छ ।
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...