×

NMB BANK
NIC ASIA

उखु किसानलाई ४ वर्षमा ४ अर्ब अनुदान– किन रोकियो सर्लाही र कञ्चनपुरका किसानको ५२ करोड ?

काठमाडाैं | पुस २, २०८०

NTC
Premier Steels

सर्लाही र कञ्चनपुरका उखु किसानले गत वर्षकै अनुदानबापतको ५२ करोड रुपैयाँ पाउन सकेका छैनन् ।

Muktinath Bank

गत वर्ष २०७९/०८० मा आठ जिल्लाका ६१ हजार ७ सय किसानहरूले पाउनु पर्ने १ अर्ब ३२ करोड ७७ लाख ९४३ रुपैयाँ अनुदानमध्ये ८० करोड रुपैयाँ मात्र पाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि मन्त्रालयले किसानको खातामा ८० करोड रुपैयाँ मात्र पठाएपछि ५२ करोड ७७ लाख ९ हजार ४३१ रुपैयाँ किसानले पाउन सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनि मैनाली कृषि मन्त्रालयले किसानको अनुदान रकम भुक्तानीका लागि साउन महिनादेखि नै कृषि मन्त्रालयमा धाइरहे पनि पैसा नपाएको बताउँछन् ।

Vianet communication

'हामी साउन महिनादेखि नै कृषि मन्त्रालयमा धाइरहेका छौं, दशैं, तिहार, छटजस्तो पर्वमा पनि हामीले रकम पाउन सकेनौं,' मैनालीले लोकान्तरसँग भने, 'किसानले बैंकको ऋणको ब्याज तिर्नुपर्छ । ब्याज बढेकोबढ्यै छ, तर सरकारलाई त्यसको कुनै वास्ता नै छैन ।'

सर्लाहीको गोडैता नगरपालिकाका मेयर समेत रहेका उखु उत्पादक महासंघका प्रतिनिधि देवेन्द्रकुमार यादव सरकारले अनुदान रकम नदिए किसानहरू काठमाडौं आएर आन्दोलन गर्न बाध्य हुने बताउँछन् ।

'सरकारले उखुको मूल्य निर्धारण गर्नुअगावै गत आर्थिक वर्षको अनुदानको बाँकी ५२ करोड रकम भुक्तानी गर्नुपर्छ,' यादवले लोकान्तरसँग भने, 'सरकारले अनुदान रकम नदिए हामी किसानहरू काठमाडौंको माइतीघरमण्डलामा गएर आन्दोलित हुन्छौं, सिंहदरबार घेराउ गर्छौं ।'

कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ डा. प्रद्युम्नराज पाण्डे भने बाँकी रहेको ५२ करोड ८० लख ४९ हजार ४६२ रुपैयाँ निकासा गरिदिनका लागि अर्थ मन्त्रालयमा लेखी पठाइसकिएको बताउँछन् ।

'गत वर्षको अनुदानका लागि हामीले बाँकी रकम निकासाका लागि अर्थ मन्त्रालयमा लेखेर पठाइसकेका छौं,' पाण्डेले लोकान्तरसँग भने, 'तर, अहिलेसम्म अर्थबाट निकासा आइसकेको छैन । अर्थले निकासा पठाएलगत्तै किसानको खातामा रकम पठाइदिन्छौं ।'

null

गत वर्ष रौतहटक २ हजार ३२० किसानको ४ करोड ७२ लाख ६९ हजार १०४ रुपैयाँ, बाराका ६ हजार ५७० किसानको १३ करोड ५५ लाख ६० हजार ३१ रुपैयाँ, सुनसरीका २ हजार ५६२ किसानको १० करोड ४८ लाख ३१ हजार १६६ रुपैयाँ अनुदानबापत दिनुपर्ने थियो ।

त्यसैगरी नवलपरासीका ६ हजार १९४ किसानको १५ करोड १२ लाख १५ हजार ५५६ रुपैयाँ, सिरहाका ७ हजार ७९८ किसानको ८ करोड ४८ लाख ५७ हजार ९६८ रुपैयाँ, महोत्तरीका १२ हजार ६७३ किसानको १८ करोड ४७ लाख ९९ हजार ५०२ रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने थियो ।

त्यसैगरी सर्लाहीका १७ हजार ३० किसानले २९ करोड २५ लाख ५२ हजार ७४९ रुपैयाँ र कञ्चनपुरका ६ हजार ५५३ किसानले ३२ करोड ६६ लाख २३ हजार ३५० रुपैयाँ पाउनु पर्ने थियो ।

तर, कृषि मन्त्रालयले रौतहट, बारा, सुनसरी, नवलपरासी, सिरहा, महोत्तरीका सबै किसानको अनुदान रकम भुक्तानी गरिसके पनि सर्लाही र कञ्चनपुरका किसानहरूको अनुदान रकम भुक्तानी गर्न सकेको छैन ।

सर्लाहीका किसानहरूको २९ करोड २५ लाख ५२ हजार ७४९ रुपैयाँमध्ये ९ करोड ११ लाख २६ हजार ६३८ रुपैयाँ भुक्तानी गरे पनि २० करोड १४ लाख २६ हजार १११ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

त्यसैगरी कञ्चनपुरमा सबै किसानको सबै रकम ३२ करोड ६६ लाख २३ हजार ३५० रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पहलमा पुष १ गते बसेको बैठकले उखु किसानहरूको बाँकी रहेको ५२ करोड रुपैयाँ तत्काल भुक्तानी गर्ने निर्णय गरेको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित अन्य मन्त्रालयका सचिवहरूको पनि उपस्थित थियो ।

null

चार वर्षमा ४ अर्ब अनुदान

पछिल्लो चार वर्षमा सरकारले उखु किसानहरूलाई ४ अर्ब ७ करोड २० लाख ८० हजार ९४० रुपैयाँ अनुदान दिएको पाइएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ९६ करोड ९७ लाख ७३ हजार १९० रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा ७७ करोड ९४ लाख ६४ हजार ६५ रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९ मा ९९ करोड ५१ लाख ३४ हजार २५४ रुपैयाँ र आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ३२ करोड ७७ लाख ९ हजार ४३१ रुपैयाँ गरी ४ वर्षमा कुल ४ अर्ब ७ करोड २० लाख ८० हजार ९४० रुपैयाँ अनुदानबापत किसानले पाएका छन्, जसमध्ये आर्थिक वर्ष २०७९/०८० मा सर्लाही र कञ्चनपुरका किसानले ५२ करोड रुपैयाँ पाउन बाँकी छ ।

आर्थिक वर्ष २०७१/०७२ को अवधिमा उत्पादन भएको उखुमा नेपाल सरकारको २०७२ असोज १४ गतेको मन्त्रिपरिषदको निर्णयानुसार प्रति क्विन्टल २५ रुपैयाँको दरले उखु किसानहरूलाई उखु प्रबर्द्धनात्मक खर्च भनी अनुदान दिन थालिएको हो ।

त्यसपछि आर्थिक वर्ष २०७४/०७५ सम्ममा चिनी उद्योगहरूले उखु उत्पादन व्यवस्था कृषकहरूलाई उखु खरिदबापतको रकम भुक्तानी गर्दा चिनीको बिक्रीमा उठाएको ९० प्रतिशत मूल्य अभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता गरी सो बापत आफूले भुक्तान व्यवस्था मूल्यमा प्रतिक्विन्टल ६५.२८ रुपैयाँ थप गरी भुक्तान गरिरहेकोमा २०७५ जेठ १५ गतेदेखि सो व्यवस्था खारेज गरिएको थियो ।

त्यसपछि उखु उत्पादक कृषकहरूलाई सिधै अनुदान दिने व्यवस्था आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यमा उल्लेख भएको थियो । त्यसका लागि उखु कृषकहरूलाई अनुदान दिने कार्यविधि २०७५ साउन १८ गतेको मन्त्रिपरिषद निर्णयबाट स्वीकृत भएको थियो ।

त्यसपछि २०७८ पुस २१ गतेको मन्त्रिपरिषदको निर्णयबाट अघिल्लो वर्ष कायम गरिएको अनुदान रकम ६५.२८ रुपैयाँमा ४.७२ रुपैयाँ थप गरी आर्थिक वर्ष २०७८/०७९ का लागि ७० रुपैयाँ कायम गरिएको थियो ।

null

आर्थिक वर्ष २०७६/०७७ मा  ६५.२८ रुपैयाँ, २०७७/०७८ मा ६५.२८ रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९  र आर्थिक वर्ष २०७९/०८० मा ७० रुपैयाँ प्रतिक्विन्टल किसानलाई सरकारले अनुदान दिएको हो ।

उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन २०७६ सहित) बमोजिम आर्थिक वर्ष २०७६/०७७ देखि स्वदेशी चिनी उद्योगलाई बिक्री गर्ने कृषकहरूलाई नगद अनुदान दिने गरिएको छ ।

चिनी उद्योग सञ्चालनमा रहेका बारा, सुनसरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी सुस्ता पश्चिम र कञ्चनपुर गरी आठवटा जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भुक्तानी समितिको निर्णयानुसार सम्बन्धित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत उखु किसानको खातामा सोझै भुक्तानी हुने गरेको छ ।

कृषि विभागकी अधिकृत उज्ज्वला साहु श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म नेपाली उखु कृषकले चिनी मिलमा उखु क्रसिंग गराएबापत हरेक वर्ष करिब १ अर्ब रुपैयाँ अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत कृषकको खातामा पठाइएको छ ।

उखु उद्योगहरूबाट करिब पौने १० अर्ब रुपैयाँ बराबरको उखु खरिद हुँदा नेपाल सरकारले हरेक वर्ष करिब डेढ अर्ब बराबरको थप नगद अनुदान सोझै कृषकहरूलाई उपलब्ध गराएको छ ।  कृषि विभागमा विगत चार वर्षदेखिको अनुदान रकमको मात्र अभिलेख छ । त्यसअघि अर्थ मन्त्रालयबाट अनुदान रकम दिने गरिएको हुनाले विगतको अनुदान रकमको अभिलेख कृषि विभागमा नरहेको श्रेष्ठले बताइन् ।

हेर्नुहोस्, थप कागजात :

null null null

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x