×

NMB BANK
NIC ASIA

दोहोरो नागरिकता विवाद

भारतको मतदाता नामावलीमा नेपालका सांसदको नाम, घरजग्गा समेत रहेको स्वीकारोक्ति

काठमाडाैं | पुस ११, २०८०

NTC
Premier Steels

राष्ट्रिय सभा सदस्य मृगेन्द्रप्रसाद सिंह यादव दोहोरो नागरिकतासम्बन्धी विवादमा मुछिएका छन् ।

Muktinath Bank

जनता समाजवादी पार्टी (जसपा)नेपालबाट निर्वाचित यादव सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । तर, उनले भारतको बिहारबाट समेत मतदाता परिचयपत्र प्राप्त गरेको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहारको मधुबनी जिल्लाअन्तर्गत बसहा पञ्चायतको बबुराही थानाबाट उनीसहित उनका दाजुभाइ, श्रीमतीसहितले भारतीय मतदाता परिचयपत्र बनाएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

मृगेन्द्रसँगै मधेश प्रदेश सभा सदस्य समेत रहेका उनका भाइ अनिरुद्धप्रसाद सिंह यादव पनि यस प्रकरणमा मुछिएका छन् ।

Vianet communication

भारतको पञ्चायत आमनिर्वाचन नामावली, २०२१ (बिहार)को मतदाता विवरणमा समेत उनीसहित मृगेन्द्रको परिवारका सदस्यहरूको नाम रहेको पाइएको छ ।

मतदाता नामावली सूची ४५३ मा यादवको मतदाता नम्बर डब्लुसीडी १३७५७२४ रहेको छ । उनले त्यहाँ आफ्नो श्रीमतीको नाम सुनिता देवी राखेका छन् भने नेपालमा श्रीमतीको नाम सरिता सिंह यादव राखेका छन् ।

null

भारतीय मतदाता समेत रहेको हुनाले राष्ट्रिय सभा सदस्य पदबाट पदमुक्त गरी पाऊँ भन्दै युवराज सफलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष लिखित उजुरी नै दिएका छन् । भारतीय मतदाता पहिचान पत्रसहितको विवरण प्रमाणको रूपमा पेस गर्दै सफलले उजुरी दिएका हुन् ।

यस विषयमा राष्ट्रिय सभा सदस्य मृगेन्द्रप्रसाद सिंह यादवसँग कुरा गर्दा विगतमा भारतका शिक्षकहरूले आफू तथा आफ्नो परिवारका सदस्यहरूको नाम भारतीय मतदाता पहिचान पत्रमा उल्लेख गराइदिएको स्वीकारे । यद्यपि आफूले कहिल्यै भोट नहालेको उनको भनाइ छ ।

'भारतको बसहामा हाम्रो घर र जग्गाजमिन छ, त्यसैले त्यहाँका केही शिक्षकले भोटर लिस्टमा हाम्रो परिवारका सदस्यहरूको पनि नाम लेखाइदिएका हुन् । तर, मैले त्यहाँ कहिल्यै भोट खसालेको छैन,' यादवले  लोकान्तरसँग भने, 'त्यहाँ हाम्रो मौजा थियो । धेरैजसो जग्गाजमिन बेचिसके पनि अझै धेरै जग्गा बाँकी नै छ ।'

भारतको बसहामा सयौं बिघा जग्गा मौजा पाएको तथा अहिले पनि १७/१८ बिघा बाँकी रहेको उनले खुलाए । 'त्यहाँ खेतिपाती अहिले पनि गर्छु । खेतिपाती गर्ने कामका लागि म्यानेजरसहितका स्टाफहरू राखेको छु,' राष्ट्रिय सभा सदस्य यादवले लोकान्तरसँग भने ।

आफूहरू ५ दाजुभाइ (मृगेन्द्र, व्रिजेन्द्र, गजेन्द्र, अनिरुद्ध  र दिलिप) रहेको र पाँचै दाजुभाइको नाममा भारतमा जनही १७ देखि १८ बिघा जग्गा रहेको मृगेन्द्रले बताए ।

नेपालमा पनि राजा महेन्द्रले २०१३ सालमा २२ वटा मौजा दिएको उनले बताए ।

'नेपालमा चन्द्रावती स्कूलको नाममा २०१३ सालमा तत्कालीन राजा महेन्द्रले मेरो बुवा शत्रुघनप्रसाद यादवलाई २५० बिघा मौजा प्रदान गर्नुभएको थियो,' मृगेन्द्रले थपे, 'अहिले पनि स्कूलको नाममा १६१ बिघा जग्गा बाँकी छ ।'

नेपालमा आफ्नो नाममा अझै पनि १० बिघा जति जग्गा रहेको उनले बताए ।

आफ्नो बुवालाई तत्कालीन राजा महेन्द्रले सिंहको टाइटल दिएको हुनाले आफूहरूले कुमार यादवको सट्टामा प्रसाद सिंह यादव लेख्ने गरेको उनको भनाइ छ ।

'मेरो बुवा राष्ट्रिय पञ्चायत सदस्य पनि बन्नुभएको थियो । सूर्यबहादुर थापाको क्याबिनेटमा उहाँ सिञ्चाइ सहायक मन्त्री पनि बन्नुभएको थियो,' उनले थपे, 'अहिले आएर दोहोरो नागरिकताको विवाद झिक्नु भनेको मलाई दु:ख दिनु मात्र हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x