बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौं – सरकारले जीआईटीसी रमण जेभी (रमण कन्स्ट्रक्सन)लाई नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनबाट रोक लगाएको छ । सार्वजनकि खरिद अनुमगन कार्यालयले मंगलवार सूचना जारी गर्दै रमण कन्स्ट्रक्सनलाई नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनबाट रोक लगाएको हो ।
हुलाकी सडक निर्देशनालयले रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस गरेकाले आगामी दिनमा नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको जानकारी सार्वजनिक खरिद अनुमगन कार्यालयले दिएको छ ।
हुलाकी सडक निर्देशनालयले रमण कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको नारायणी पुल निर्माणको काम नगरेको भन्दै दुवै ठेकेदारलाई कालोसूचीमा राख्न खरिद अनुमगन कार्यालयलाई गत असार २० मा पत्राचार गरेको थियो ।
सोही पत्रको आधारमा सार्वजनिक खरिद अनुमगन कार्यालयले रमणलाई नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्ने तयारी गरेको थियो ।
कालोसूचीमा राख्ने खरिद अनुमगन कार्यालयको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । असार २३ गते सर्वोच्च अदालतले हुलाकी सडक निर्देशनालयको पत्र अनुसार रमण र पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको थियो ।
त्यसपछि सर्वोच्च अदालतले गत साउन १५मा ‘असार २३ मा दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने’ भन्दै आदेश दिएकाले रमण र पप्पुलाई नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनमा रोक लगाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाले जानकारी दिए ।
त्यस्तै खरिद अनुमगन कार्यालयका शाखा अधिकृत कैलाश ठकुराठीले नारायणी पुल निर्माणको काम नगरेको भन्दै हुलाकी सडक निर्देशनालय टेकुले पठाएको पत्रको आधारमा ठेकेदारले नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनमा रोक लगाइएको जानकारी दिए । हुलाकी सडक निर्देशनालयले रमण र पप्पु जेभी, जनकपुर ९, धनुषालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्राचार गरेको थियो ।
रमण कन्स्ट्रक्सन धरहरा निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी हो । धरहरा पुननिर्माणको काम समेत सन्तोषजनक छैन ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ उपनियम (२) बमोजिम सो निर्माण व्यवसायीको कालोसूची सम्बन्धी कारवाही पक्रिया खरिद कार्यालयबाट टुङ्गो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भाग लिन नपाउने गरी रोक लागाइएको व्यहोरा सम्बन्धित सार्वजनिक निकायहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मंगलवार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...