×

NMB BANK
NIC ASIA

काठमाडौं, २८ कात्तिक– नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच आरोपीलाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । 
प्रहरीले नुवाकोट पञ्चकन्या–५ का राजिव स्याङ्ताङ, पर्सा कालिमाई–१ का शिवजी महतो, भारतको बिहार राज्य बेतिया जिल्लाका मुकेश कुमार पाण्डे, पर्सा ठोरी–५ का सन्तोष गुरुङ र काठमाडौं नागारजुन–४ का प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको हो ।  

Sagarmatha Cement
Muktinath Bank

पक्राउ परेका पाँचै जना गौचनको हत्यामा संलग्न रहेको प्रहरीको दावी छ । प्रहरीका अनुसार नुवाकोटका राजिव स्याङ्ताङले गौचनमाथि गोली चलाएका थिए । पर्साका शिवजी महतो र भारतीय नागरिक मुकेश कुमार पाण्डेले गौचनको हत्यामा प्रयोग गरिएको हतियार व्यवस्थापनमा सहयोग गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्साकै सन्तोष गुरुङ र काठमाडौं नागारजुनका प्रकाश बुढाथोकीले गौचनको हत्यामा प्रयोग भएको मोटरसाइकल व्यवस्थापन गरेका थिए । 


Advertisment
Nabil box
Kumari

समिरमान मुख्य योजनाकार
प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्नेत रेहेको जनाएको छ । मनोज पुन र लोप्साङ लामा पनि घटनाको योजनाकार रहेको प्रहरीको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘बोका’ भनिने गंगा लिङ्देन (लिम्बु), श्याम बहादुर गुम्बे, ‘काले दाई’ भनिने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा योजना कार्यान्वयन गर्ने दोस्रो तहका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।  

एक महिनादेखिको योजना  

गौचनलाई हत्या गर्न प्रयोग गरिएको हतियार पनि भारतबाटै खरिद गरिएको प्रहरीको अनुसन्धनबाट खुलेको छ ।


गत असोज २३ गते दिउँसो २ बजेर ३५ मिनेट आसपासमा कार्यालय जान भनेर बा १३ च ४९४८ नम्बरको आफ्नो ल्याण्डक्रुजर गाडी चढेर गौचन घरबाट निस्केका थिए । 

शान्तिनगरको कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केर ओमशान्ती चोकनजिक पुग्दा उनको गाडीमाथि कसैले इटा बर्सायो । इटा लागेर गाडीको अगाडिको सिसा फुटेपछि उनका चालक बाहिर निस्किए । चालक बाहिर निस्किएको बेला गौचनमाथि गाडी बाहिरबाट २ वटा गोली प्रहार भयो । गौचनको छाती र पेटमा गोली लागेर रगत बग्दाबग्दै उनी अचेत भए । 

लगत्तै त्यहाँ रहेका स्थानीयले गौचनलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्याए । अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकले गौचनको मृत्यु भइसकेको घोषणा गरे । 

प्रहरीका अनुसार गौचनको हत्या योजना करिब एक महिना अगाडिदेखि बुनिएको थियो । गौचनको हत्यामा बा ३५प २४६२ नम्बरको होण्डा कम्पनीको साइन मोटरसाइकल प्रयोग गरिएको थियो । उक्त मोटरसाइकल गौचनको हत्यामा प्रयोग गर्ने उद्देश्यले नै भारतबाट चोरी गरेर नेपाल ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त मोटरसाइकल शिवजी महतोले भारतको वेतियाबाट १८ हजार नेपाली रुपैयाँमा खरिद गरी २४ हजार नेपाली रुपैयाँमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए । 

गौचनलाई हत्या गर्न प्रयोग गरिएको हतियार पनि भारतबाटै खरिद गरिएको प्रहरीको अनुसन्धनबाट खुलेको छ । शिवजी महतोले भारत बिहारको वेतियाबाट ५५ हजार नेपाली रुपैयाँमा हतियार खरिद गरी ६५ हजार नेपाली रुपैयाँमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए । 

गौचनको हत्या भएको दिन सुटर राजिव स्याङताङलाई पछाडि राखेर श्याम गुम्बेले मोटरसाइकल चलाएका थिए । उनी अहिलेसम्म फरार रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार गोली चलाउने स्याङताङ र पक्राउ परेका पाँच जनाले गौचनलाई चिनेकासम्म थिएनन् । मुख्य योजनाकार समिरमान, मनोज पुन र लोप्साङको निर्देशनबमोजि उनीहरुले खटाएको काम गरेको प्रहरीको दावी छ । 

फिरौती नदिएपछि हत्या
प्रहरीका अनुसार करिव ३ महिना अगाडिदेखि गौचनसँग फिरौती माग गरिएको थियो । तर गौचनले फिरौती दिन नमानेपछि उनको हत्या गरिएको प्रहरीको भनाइ छ । 

गौचनको हत्या गरिएको दिन उनको कारमा विभिन्न व्यक्तिका नाममा काटिएका करिव ६ वटा चेक फेला परेका प्रहरीको भनाइ छ । एउटा चेकमा तीन करोड रकम उल्लेख गरेर साइन समेत गरिएको थियो । अन्य चेक १२ देखि १५ लाखसम्मका थिए । ती सबै चेकमा गौचनले साइन गरेका थिए । 

हत्या श्रंखलाको जालो
२०७३ पुस पहिलो साता नेकपा एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दूर्गा तिवारीको रुपन्देहीको देवदहमा हत्या भयो । आफूले हत्या गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा फोन गरेर मनोज पुनले घटनाको जिम्मा लिए । प्रहरीले पनि पुनकै संलग्नता रहेको भन्दै उनको खोजी कार्य तीव्र पार्यो । तर पुन प्रहरीको हात लागेनन् । 

गौचनको हत्यामा समेत मनोज पुनको संलग्ता रहेको महानगरीय प्रहरी आयुक्त प्रहरी उतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दको भनाइ छ । चन्दका अनुसार सरिमान बस्नेतको नेतृत्वमा मनोज पुन र लोप्साङ लामाले गौचन हत्याको योजना बनाएका हुन् । तर उनीहरु देश बाहिर रहेपनि कुन देशमा छन् भन्ने भेउ समेत प्रहरीले पाएको छैन । 

समिरमान बस्नेत केही समय अगाडि मात्रै काठमाडौंको वाफललाई आधार बनाएर गुण्डागर्दीमा संलग्न थिए । मनोज पुन एमालेको राजनीतिमा थिए भने लोप्साङ लामा राजधानीका डान्स बारमा बाउन्सरको रुपमा काम गर्थे । 
प्रहरीले गुण्डा नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाएर चरि भनिने दिनेश अधिकारी, घैंटे भनिने कुमार श्रेष्ठको इन्काउन्टर गरेपछि समिरमान र लोप्साङले गुण्डागर्दीलाई विस्तार गर्ने मौका पाए । त्यसपछि मनोज पुन समिरमान र लोप्साङसँग मिल्न पुगे । 

काठमाडौंमा आधारित भएर गुण्डागर्दी गर्ने दावा लामा पनि उनीहरुकै सम्पर्कमा थिए । तर कुरा नमिलेपछि उनी अलग्गिन पुगे । उनीहरुबीच विवाद यति बढिसकेको थियो कि समिरमानको ग्रुपले दावामाथि गोली प्रहार गर्न नै लगाए ।  
 
दावामाथि गत चैत २२ गते (मंगलवार) काठमाडौंको कुमारीगालस्थित दिब्या पार्र्टी प्यालेसमा गोली प्रहार भएको थियो । प्रहरी अनुसन्धानले पनि दावामाथि गोली प्रहार गर्ने व्यक्ति समिरमान ग्रुपकै रहेको बताएको थियो । तर उनीहरुलाई पक्राउ भने गर्न सकेन ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x