०९ असार २०८३, मंगलबार

यी हुन् एमालेको तर्फबाट राष्ट्रियसभा चुनाव लड्ने उम्मेदवार (नामावलीसहित)

यी हुन् एमालेको तर्फबाट राष्ट्रियसभा चुनाव लड्ने उम्मेदवार (नामावलीसहित)

काठमाडौं, ९ माघ – नेकपा एमालेले पार्टीको तर्फबाट  राष्ट्रियसभा निर्वाचनमा लड्ने उम्मेदवारहरुको टुंगो लगाएको छ । हिजो १३ उम्मेदवारको टुंगो लगाएको एमालेले आज थप  १६ उम्मेदवारको टुंगो लगाएको हो । 
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सम्पन्न बैठकले प्रदेश १ बाट ५ जना, प्रदेश २ बाट १ जना, प्रदेश ३ बाट ६ जना र प्रदेश ४ बाट ४ जनाको नाम टुंगो लगाएको हो ।  यस्तै हिजोको बैठकले प्रदेश ७ बाट ४ जना, प्रदेश ६ बाट ४ जना र प्रदेश ५ बाट ४ जनाको नाम टुंगो लगाएको थियो । 
कुन प्रदेशबाट को– को नामावली हेर्नुहोस्
प्रदेश नं १–

१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४– 
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नं ५– 
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट 
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ७– 
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा


एमालेले राष्टिय सभा निर्वाचनमा उत्साहका साथ सहभागी भई वाम गठबन्धनका उमेदवारहरुलाई जिताउन केन्द्रित हुने निर्णय समेत गरेको सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्