×

NMB BANK
NIC ASIA

सार्वजनिक यातायात समितिलाई खारेज गर्ने गृह मन्त्रालयको चेतावनी

बैशाख ४, २०७५

NTC
Premier Steels

काठमाडौं, ४ वैशाख– सिण्डिकेट पक्षधर यातायात व्यवसायी र समितिले सरकारविरुद्ध अनिश्चितकालीन यातायात बन्द गर्ने तयारी गरिरहेका बेला गृह मन्त्रालयले भने सार्वजनिक यातायात समितिलाई खारेज गर्ने चेतावनी दिएको छ ।

Muktinath Bank

मंगलवार सूचना जारी गर्दै गृह मन्त्रालयले संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिले यातायात क्षेत्रमा हड्ताल गर्ने कार्य गरेमा समिति नै खारेज गर्ने चेतावनी दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल यातायात व्यवसायी महासंघको अगुवाइमा सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुले वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने तथा २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने धम्की दिँदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

सिण्डिकेट पक्षधर यातायात व्यवसायीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि यातायात व्यवसायीहरुले हड्तालमा उत्रिने घोषणा गरेका हुन् । 

Vianet communication

सरकारले भने यातायात क्षेत्रमा हड्ताल गरिए सार्वजनिक यातायात समिति नै खारेज गर्ने चेतावनी दिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरमा मंगलवार जारी सूचनामा यातायात क्षेत्रमा हड्ताल गर्ने समितिलाई आवश्यक सेवा संचालन ऐन २०१४ अनुसार हदैसम्मको कारबाही गर्ने उल्लेख छ । ऐनमा व्यवस्था भएअनुसार अत्यावश्यक सेवमा हड्ताल गर्ने वा त्यसमा भाग लिने संस्थालाई कारबाही गरिने प्रवक्ता सुवेदीले जनाएका छन् । 

यातायात व्यवसायीहरुले देशव्यापी चक्काजाम गर्ने चेतावनी दिइरहेका बेला सरकारले भने व्यवसायीका गाडी नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई चलाउन दिनेसम्मको तयारी गरेको छ । 
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले बन्द हड्तालमा उत्रने व्यवसायीका गाडीलाई नै नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई चलाउन दिने गरी तयारी भइरहेको जनाएका छन् । 

‘व्यसायीहरूले सवारी चलाउन अनुमति लिएका छन्, त्यसैअनुसार काम गर्नुपर्छ, नीति नियमविरुद्ध आन्दोलनमा उत्रिए कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्दै सवारीसाधन सुरक्षा निकायले कब्जामा लिएर चलाउँछन्,’ सचिव राईले लोकान्तरसँग भने, ‘सरकारले जनतालाई सेवा दिनुपर्छ, सेवा दिनका लागि हामीले गाडी कब्जामा लिनुपरे पनि लिन्छौं, व्यवसायीले कानून मान्नैपर्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x