मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जेठ ३, २०७५
काठमाडौं, ३ जेठ–देशका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र (माओवादी केन्द्र)बीच बिहीवार (आज) पार्टी एकता हुँदैछ । नेपालमा गणतन्त्र स्थापना गर्न भन्दै माओवादीले २०५२ सालमा सशस्त्र जनयुद्ध शुरु गर्नुअगाडि २०५१ सालमा माओवादी पार्टी गठन भएको थियो ।
२०४० साल मंसिरमा निर्मल लामाको नेतृत्वमा नेकपा चौम (चौथो महाधिवेशन) राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समूह २०४६ सालको जनआन्दोलनमा संयुक्त रूपमा सहभागी भई संघर्षमा होमियो ।
पार्टी विभाजन गरी निर्मल लामाले नेकपा (चौम) गठन गरे पश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम पार्टीको महामन्त्री बने । २०४१ मंसिर १–१६ सम्म पाँचौं महाधिवेशन भयो । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित गर्यो ।
२०४३ सालमा नेकपा मशालको तर्फबाट काठमाडौंमा प्रहरी बिटमा आक्रमण र पोस्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो । यस घटनालाई सेक्टर काण्ड भनिन्छ । सेक्टर काण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास गर्यो । २०४५ सालयता प्रचण्ड पार्टीको नेतृत्वमा छन् ।
२०४८ सालको संसदीय निर्वाचनमा पार्टीले संयुक्त जनमोर्चा नामको चुनावी मोर्चा निर्माण गर्यो । प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बनेको थियो ।
२०४९ सालमा वर्ग संघर्षको तयारी गर्ने बारेमा निर्मल लामाहरूसँग व्यापक बहस भयो, तर निर्मल लामाहरूले वैधानिक संघर्षलाई मुख्य माने । जनयुद्धको तयारी गर्ने कुरामा असहमति प्रकट गरे । २०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरू पार्टीबाट अलग भए । त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरू मिलेर २०५१ सालमा छुट्टै नेकपा एकता केन्द्र गठन गरे ।
प्रचण्डको नेतृत्वमा २०५१ साल फागुन २–४ मा तेस्रो विस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनीतीक तथा फौजी कार्यदिशा निर्माण भयो र पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी राखियो । २०५२ फागुन १ गते माओवादीले जनयुद्धको शुरुवात गर्यो ।
२०५७ माघ–फागुनमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत् प्रचण्डपथलाई पार्टीको सिद्धान्त बनाउने निर्णय भयो ।
२०६२ असोजमा चुनवाङ बैठकपछि रणनीति बदल्दै माओवादीले राजतन्त्रविरुद्ध संसदवादी दलहरूसँग १२ बुँदे समझदारी गर्यो । २०६३ वैशाख ११ गते संसद पुनस्र्थापना गर्दै जनआन्दोलन सम्पन्न भएपछि माओवादी शान्ति प्रक्रियामा आयो ।
२०६४ भाद्रमा काठमाडौंको बालाजुमा पाँचौं विस्तारित बैठक सम्पन्न भयो । २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ स्पष्ट बहुमत हासिल गर्यो । २०६५ श्रावण ३२ गते संसदबाट प्रचण्ड पहिलो पटक प्रधानमनत्री निर्वाचित भए ।
२०६५ पौष २९ गते माओवादीसंँग २०५१ सालमा छुट्टिएको नारायणकाजी समूहबीच पार्टी एकता हुन पुग्यो । एकतापश्चात पार्टीको नाम एकीकृत नेकपा माओवादी राखियो ।
२०६९ असारमा एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो । २०६९ माघमा भएको सातौं महाधिवेशनले प्रचण्डलाई पुन अध्यक्षमा निर्वाचित गर्यो ।
२०७० मंसीर ४ मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा माओवादीलाई झड्का लाग्यो । संविधान घोषणासँगै माओवादीको फूटको श्रृंखला जारी रह्यो ।
०७२ साल असोजमा उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरे । २०७४ सालमा प्रतिनिधि सभाको चुनाव हुनुपूर्व मोहन वैद्य समूहबाट रामबहादुर थापा लगायतका नेताहरु पुनः मूलधारमै फर्किए । त्यसपछि एकिकृत पार्टीको नाम माओवादी केन्द्र राखियो ।
स्थानीय चुनावमा कतिपय स्थानमा कांग्रेससँग चुनावी तालमेल गरेको माओवादी त्यति राम्रो परिणाम निकाल्न सकेन ।
प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा माओवादीले गठबन्धन गर्दै पार्टी एकता गर्ने सहमति गरे । त्यसपछिका विभिन्न छलफल र वार्तालाई अन्तिम रूप दिँदै माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकता गर्न सहमत भएका छन् । २४ वर्षपछि बिहीवारदेखि माओवादी केन्द्र एमालेसँग मिलेर नयाँ पार्टी बन्दैछ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...