मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
पुस २४, २०७५
काठमाडौं –कुनैबेला कृष्णबहादुर महराका प्रेस सल्लाहकार रहेका नरेन्द्रजंग पिटरले ट्विटरमा लेखे– ‘संसदीय राजनीतिक अभ्यास नग्न पूँजीवादी लोकप्रिय आवरण हो । तर यसका आफ्नै आदर्श – सरकार बहुमतको, सदन प्रतिपक्षभन्दा दमननाथ ढुंगाना कांग्रेसले दुत्कार्यो । दायित्व निर्बाह गर्दा भाकपाले सोमनाथ चटर्जीलाई कारवाही गरेको नजिर छ । सभामुख केबी महराले रेशम चौधरी र आज प्रतिपक्षलाई बहसमा भाग लिन नदिने विषयमा चुके ।’
संसदिय राजनीतिकअभ्यास नंग्नपुजिवादी लोकपृयअावरण हो तर,यसका अाफ्नै अादर्श- सरकार बहुमतको,सदन प्रतिपक्षभन्दा दमननाथ ढुगाना काग्रेसले दुत्कार्यो।दायित्व निर्वाहागर्दा भाकपाले सोमनाथचटर्जीलाइ कारवाही नजिरछ।सभामुख केबी महराले रेशम चाैधरी र अाजप्रतिपक्षलाइ बहसमाभाग लिननदिने विषयमाचुके। pic.twitter.com/ombr5JhEWe
Advertisment— NarendraJung Peter (@narendrapeter) January 6, 2019
वामपन्थी विश्लेषक पिटर हालका सभामुख कृष्णबहादुर महरा सञ्चार मन्त्री रहेको समयमा प्रेस सल्लाहकार थिए ।
पछिल्ला केही घटनामा महराले पार्टीको कार्यकर्ता जस्तो व्यवहार देखाएको कांग्रेसको आरोप छ । परन्तु, तत्कालीन माओवादी केन्द्रको तर्फबाट चुनाव जितेर सभामुख भएका महराले सभामुख निर्वाचित भएपछि पार्टी सदस्यबाट राजीनामा दिएको बताएका थिए ।
आइतवार भएको के थियो ?
प्रतिनिधि सभाको आइतवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे । पुस २२ गतेको संसदको कार्यसूचीमा ‘प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिने’ उल्लेख थियो ।
पुस १२ गते शुरू प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा प्रधानमन्त्रीले पहिलो पटक सम्बोधन गरेका थिए, आइतवार । प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलले सम्बोधनका कतिपय विषयमा प्रधानमन्त्रीसँग प्रश्न गर्नका लागि समय माग्यो । तर महराले प्रधानमन्त्रीको सम्बोधन ‘संसद् नियमावलीको परिच्छेद ८ को दफा ४० देखि ५५ सम्म र परिच्छेद ९ को दफा ५६ देखि ६० सम्म अनुसार’ प्रश्नोत्तर कार्यक्रम नभएको प्रष्टीकरण दिए । उनले संसद नियमावली अनुसार हुने प्रश्नोत्तर कार्यक्रममा समय दिने भन्दै कांग्रेस सांसदहरूलाई बस्न आग्रह गरे । प्रधानमन्त्रीले गलत तथ्याङ्क पेश गरेकोले सोही दिन प्रश्न गर्न पाउनुपर्ने कांग्रेसको दलिल रह्यो ।
कांग्रेस सांसदहरूले ‘सभाको मर्यादाको लागि’ भन्दै प्रश्न गर्न माग गरेपछि सभामुख महराले सिमित सदस्यलाई बोल्नको लागि समय दिने भन्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजाललाई समय दिए । तर ‘सीमित’लाई होइन चाहने जतिलाई बोल्न दिनुपर्ने भन्दै कांग्रेस सांसदहरूले विरोध कायमै राखे ।
कांग्रेस सांसदहरूले विरोध कायम राखेपछि सभामुख महराले दिएको समय पनि नदिने घोषणा गरे । त्यसपछि संसदमा हंगामा भयो । विपक्षीले होहल्ला गरेपछि सभामुखले संसदको बैठक १५ मिनेटका लागि स्थगित गरे ।
प्रधानमन्त्रीसँग प्रश्न सोध्ने विषयलाई प्रतिष्ठा बनाएको कांग्रेसका कारण आइतवार बैठक बस्न सकेन । १५ मिनेटका लागि स्थगित गरिएको बैठक बस्दै नबसी सूचना टाँसेर पुस २५ गते सम्मका लागि स्थगित भयो । बैठक स्थगितपछि कांग्रेस नेता गगन थापाले सभामुख महराले राजनीतिक दलको कार्यकर्ता बनेर हुकुमी शैलीमा संसद् चलाउन लागेको आरोप लगाए ।
कहाँनेर चुके त महरा ?
२०५१ र ०५६ सालको प्रतिनिधि सभाबाहेक २०४८ पछि गठन भएका पाँचवटा संसदमा महरा सांसद थिए । संसदीय मूल्य मान्यता र परम्पराप्रति जानकार मानिन्छन् । शान्ति प्रक्रियामा खेलेको भूमिकाका कारण उनलाई शालीन र अरुलाई मिलाउने नेताको रूपमा चिनिँदै आएको छ । सभामुख निर्वाचित भएपछि पनि महराले प्रतिपक्षलाई सहमतिमै लिएर सदन सञ्चालन गर्ने बताएका थिए ।
महरा यस्तो समयमा सभामुख छन्, जुनबेला प्रतिपक्ष नाम मात्रको छ । सत्तासँग दुईतिहाइको भारी बहुमत रहेको समयमा प्रतिपक्षमा रहेको कांग्रेससँग एक चौथाइ पनि सदस्य छैनन् । तर संसदीय राजनीतिमा अंकगणितको मात्र हिसाब हुँदैन । ‘संसदलाई प्रधानमन्त्री निर्वाचित गर्ने थलो मात्र बनाइयो भने संसदको औचित्य के रहन्छ ? बाहिरबाटै निर्वाचित गरेपनि हुन्थ्यो नि ! संसदमा बहुमत र अल्पमतको मात्र हिसाब हुँदैन यो । लोकतन्त्रको आधारभूत संस्था हो,’ कांग्रेस सांसद मिनेन्द्र रिजालले केही दिन पहिले संसदीय समितिमा भनेका थिए ।
आइतवार प्रधानमन्त्रीलाई प्रश्न सोध्ने मामिलामा सभामुख चुकेको स्वयं नेकपाका नेता, सांसद र केही पूर्व सभामुखहरूको ठम्याइ छ । ‘सभामुख महरा चुक्नुभएको छ,’ गणतन्त्र स्थापनापछिका एक सभामुखको प्रतिक्रिया छ ।
संसदीय मामिलाका जानकारहरूका अनुसार पहिला सीमित सदस्यलाई बोल्न दिने र एकैपछिमा फेरि बोल्न दिन्नँ भनेर महरा चुकेको बताउँछन् । ‘सभाको सञ्चालनमा सभामुखको विशेषाधिकार हुन्छ, तर समितिलाई बोल्न दिने र धेरैलाई बोल्न नदिने भन्ने नियमावलीमा लेखिएको छैन, र संसदीय परम्परा पनि होइन,’ एक सांसद भन्छन् ।
सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्ल महराको विगतदेखिको राजनीतिक पृष्ठभूमि नै समन्वय गरी मिलाएर लैजाने खालको भएकाले अहिले सरकारलाई समर्थन गर्ने या प्रतिपक्षलाई चिड्याउने मनसाय नभएको बताउँछन् । ‘अस्तिको बैठकमा पनि सभामुखज्यूले प्रतिपक्षले समय माग गरेपछि मीनेन्द्र रिजाललाई समय दिनुभएको थियो । तीनपटक नाम उच्चारण गर्दापनि उहाँहरू नबोल्नुभएको हो,’ मल्लले लोकान्तरसँग भने, ‘सभामुखको निष्पक्षताका बारेमा प्रश्न उठाउन जरुरी छैन । आगामी भूमिकाले पनि देखिन्छ ।’
सभामुखले प्रश्न सोध्न रोक्न मिल्दैन : पूर्वसभामुख रानाभाट
प्रतिनिधि सभा भनेको सार्वभौमसत्ता सम्पन्न शक्तिका स्रोत जनताका प्रत्यक्ष निर्वाचित सदस्यहरू रहने थलो हो । त्यहाँ जतिपनि दलहरू उपस्थित रहन्छन् र जुन प्रक्रियाले सभामुख निर्वाचन हुन्छ, त्यहाँ निर्वाचित भएपछि सभामुख कुनै दल विशेषको सदस्य रहँदैन । त्यो पद साझा पद हुन्छ । त्यो गाइडेड हुन्छ, संविधानले, संसदको नियमावलीले र संसदीय अभ्यासका मूल्य मान्यता र परम्पराले । त्यतिमात्र होइन उसको विवेक पनि गाइडेड हुने र दलीय राजनीति भन्दा माथि निष्पक्ष हुने भएको हुनाले त्यसलाई नियम अनुसार सुसंस्कृत ढंगले जनभावना प्रतिबिम्वित हुने र त्यहाँका सूचना जनतासम्म पुग्ने प्रबन्धका लागि सभामुखको भूमिका महत्त्वपूर्ण रहन्छ ।
प्रधानमन्त्रीले कुन कार्यक्रममा बोल्नुभयो, त्यसको अर्थ जनताको सर्वोच्च निकायमार्फत् जनतालाई सुसुचित गरेको हो नि ! जनताका चिन्ता र आवश्यकता र सोचहरूलाई उहाँले आफूले गरेको र गर्न खोजिएको सम्पन्न भएको या सम्पन्न हुने क्रममा रहेको, उपलब्धि भएको या उपलब्धि लिन सकिने देशको शान्ति सुरक्षा यावत कुराको बारेमा सूचना दिन प्रधानमन्त्रीले बोलेको कुरामा संसदको नियमावलीले पनि, परम्पराले पनि स्पष्ट नभएको अवस्थामा स्पष्ट हुने चाहना संसद् सदस्यको रहन्छ । वा कुन ैकुरा प्रधानमन्त्रीले जानीजानी या काम विशेषले जवाफ दिनुपर्ने विषय छुटेका रहेछन् भने किन छुट्यो भनेर प्रश्न गर्न पनि पाइन्छ । त्यसमा सत्तापक्ष प्रतिपक्ष दुवैले अवसर पाउँछन् । खाली त्यसमा सभामुखको अनुमति लिएर प्रश्न गर्ने प्रचलन मात्र हो । अनुमति लिएर सोध्ने भनेको सदस्य विशेषले सोध्दा पनि जनताको चाहना प्रतिबिम्वत होस् भन्ने कुरामा सभामुख सचेत रहनुपर्छ । त्यसैले यो पार्टी या त्यो पार्टी प्रधानमन्त्रीको पक्षमा रहेर या विपक्षमा रहेर अथवा कुनै घटना विशेषमा आग्रह पूर्वाग्रह राखेर यदि त्यो गरिएको हो भने सभामुखको गरिमा र मर्यादा भन्दा पृथक विषय भयो । अलिकति अमिल्दो विषय हो ।
जनकारी लिन पाउने र सदस्यको अधिकार भनेको जनतालाई सूसुचित गर्ने प्रबन्ध हो । त्यसलाई सभामुखले किन रोक लगाउन खोज्नुभयो, कारण के थियो ? यदि म प्रधानमन्त्रीको पार्टी र मेरो पार्टीको प्रधानमन्त्री भनियो भने त त्यो ज्यादै असंगत कुरा रह्यो । लामो या छोटो कति समय सकिन्थ्यो प्रश्नोत्तरलाई बन्द गर्न उचित थिएन । प्रतिपक्ष मात्र होइन, प्रधानमन्त्री मन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्दा पूर्ण नभए पूर्णताका लागि र भ्रमपूर्ण भए भ्रम चिर्नका लागि जिज्ञासा राख्ने या जनताको सरोकार रहेका विषयहरूलाई जनताको प्रतिनिधिको हैसियतले प्रश्न सोधेर स्पष्टीकरण लिने त जनताका प्रतिनिधिको कर्तव्यभित्र पर्ने कुरा हो । जनप्रतिनिधिको त्यो अधिकारलाई सभामुखले दल विशेषसँगको सम्बन्धका कारणले रोक्नु या प्रतिबन्द लगाउनु हुँदैन ।
पढ्नोहोस यो पनि :
महराको अग्निपरीक्षा: सदन सत्ता कि प्रतिपक्षको ?
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...