
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय काठमाडौंले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको पुष्टि गर्दै मृतकको नामावली सार्वजनिक गरेको छ ।
कार्यालयका महाप्रबन्धकद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको उल्लेख छ ।
मृत्यु हुनेमा मन्त्री अधिकारी, आङ्गछिरिङ्ग शेर्पा, ध्रुवदास भोछिभोय, युवराज दहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी रहेका छन् ।
विमान ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोलामा उडानको क्रममा बुधवार दिउँसो करीब साढे १ बजे दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा मृत्यु भएका सबैको शव प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।
