
काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा परी मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाकै निधन भएको छ ।
मन्त्री अधिकारीलाई सम्झँदै निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिएका छन् ।
उनले हिजो मात्रै खिचेको तस्वीर आज समबेदना ब्यक्त गर्नका लागि प्रयोग गर्नु पर्दा सारै दुःख लागेको भन्दै यस्तो लेखेका छन् ।
हिजो मात्रै भेटेर नेपाली चलचित्र चिनमा पनि प्रदर्शन गर्नु पर्छ ।
म यस्को लागि लागिरहेको छु भन्नुभएको थियो ।
आज यो फोटो समवेदना ब्यक्त गर्नका लागि प्रयोग गर्नुपर्दा साह्रै दुख लागेको छ... सम्पूर्ण मृतात्माको शान्तिको कामना गर्दछु ।