×

NMB BANK
NIC ASIA

प्रिक्सा टेक्नोलोजीजको ‘एडलीटिक्स सफ्टवेर’ बजारमा

कात्तिक ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विगत ५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा सक्रिय प्रिक्सा टेक्नोलोजीजले प्रिक्सा एडलीटिक्स सफ्टवेर बजारमा ल्याएको छ ।

Muktinath Bank

विज्ञापनदाता र अनलाइन सञ्चार पोर्टलको कार्यसञ्चालन र सम्बन्धलाई व्यवस्थित गर्ने विशेषता रहेको एडलीटिक्स सफ्टवेर नेपालमै पहिलो पटक निर्माण गरिएको प्रिक्साले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एडलीटिक्सको अत्याधुनिक प्रविधिको मद्दतले विज्ञापनदाताले आफ्नो विभिन्न अनलाइन पोर्टलमा भइरहेका ब्यानर तथा जीआईएफ विज्ञापनको इम्प्रेसन, क्लीक र यूजरको तथ्यांक लिन सक्ने प्रिक्सा टेक्नोलोजीजका व्यापार प्रवद्र्धन प्रमुख प्रयासराज कोइरालाले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

‘यस अर्थमा इम्प्रेसन भन्नाले एउटा विज्ञापन कति पटक हेरियो भन्ने हो भने क्लिक भन्नाले कति जनाले सो विज्ञापनमा क्लिक गरे भन्ने विवरण हो । त्यसैगरी युजरको तथ्यांक भन्नाले कति जनाले सो विज्ञापन हेरे भन्ने हो,’ प्रमुख कोइरालाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यसका साथै यसले विज्ञापनदातालाई पाठक/दर्शकले प्रयोग गरेको उपकरण तथा वेब ब्राउजरको तथ्यांक पनि प्रस्तुत गर्दछ ।’

Vianet communication
Laxmi Bank

एडलीटिक्सले विज्ञापनदातालाई विभिन्न अनलाइन पोर्टलमा राख्ने डिजिटल विज्ञापनलाई आफैंले राख्ने, मिलाउने र हटाउने फिचर समेत प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ । ‘विज्ञापनदातालाई आफ्ना विभिन्न अनलाइन पोर्टलमा रहेको सम्पूर्ण विज्ञापनको प्रगति तुलना गरी आफ्नो बजेट उपयोगिता विश्लेषण गर्नमा एडलीटिक्सले ठुलो सहयोग गर्नेछ । एडलीटिक्सले अनलाइन विज्ञापनदातालाई मात्र नभई प्रकाशकलाई पनि आफ्नो पोर्टलको विभिन्न ठाउँमा राखिने विज्ञापनको प्रगति मापन र मूल्यांकन गर्न सहयोग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हालसम्म केही विज्ञापनदाता एवम् अनलाईन पोर्टलहरुको सहकार्यमा एडलीटिक्सको सफल परीक्षण गरी यस सफ्टवेर प्रयोगमा पनि आइसकेको छ ।’

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा प्रोजेक्टको अनुभव भएका इन्जिनियारद्वारा निर्मित र साइबर सुरक्षा विज्ञद्वारा जाँच गरिएको एडलीटिक्स सफ्टवेरले नेपालको राष्ट्रिय साइबर सुरक्षा नीति एवम् अन्य कानूनको पूर्ण रुपले पालना गरेको प्रिक्साले जनाएको छ । 

‘डाटा प्राइभेसीलाई विशेषरुपमा ध्यान दिई यसको निर्माण गरिएको छ । देश डिजिटल तथा डाटाको युगतर्फ अघि बढिरहेको बेला, एडलीटिक्सले अनलाइन विज्ञापन क्षेत्रमा फड्को मार्ने विश्वास प्रिक्सा टेक्नोलोजीजले राखेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस प्रणालीको बारेमा थप जानकारी लिन चाहनु भएमा प्रिक्सा टेक्नोलोजीजको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x