
काठमाडौं – राष्ट्रपति कार्यालयले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ ।
आइतवारको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार सबै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्र्दै प्रदेश प्रमुख पदमुक्त गरिएको जनाएका छन् ।
२०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखको नियुक्ति सिफारिस गरेको थियो ।
हेर्नुस् विज्ञप्ति –

यो पनि पढ्नुस् -