/* Sketch */
×

संसद् भवनभित्रै यो बिजोग !

संसद् भवन जनप्रतिनिधि बस्ने सामान्य थलो मात्र हैन, देशको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय पनि हो । संसद्का हरेक गतिविधिमा मर्यादाको विषय जोडिएको हुन्छ । अर्कातर्फ देश सञ्चालन गर्ने सरकार यही संसद्ले नै बनाउँछ । त्यस हिसाबले पनि संसद्को महत्त्व निकै ठूलो छ । तर, बानेश्वस्थित संसद् परिसरमै यसरी असरल्ल छाडिएको तारको गुजुल्टोले देशको इज्जत र प्रतिष्ठामा नै आँच पुर्‍याउने काम गरेको छ । यसरी असरल्ल छाडिएको तार व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । भगवान् भरोसामा चलेको देशमा टाढाको समस्या नदेखे पनि संसद् भवनभित्रैको यो बिजोग त देख्नुपर्ने हैन र ? यसरी तारको गुजुल्टो असरल्ल छाडेर बिजोग देखाउनुको साटो चाहिने भए व्यवस्थित बनाएर राख्ने, नचाहिने भए निकालेर फाल्नुपर्ने हैन र ?

कमेन्ट गर्नुहोस्