काठमाडौं, ६ पुस — अरुण काबेली पावरले सर्वसाधारणको लागि जारी गरेको साधारण शेयर बाँडफाँड गरिएको छ ।

विक्री प्रबद्र्धक सिद्धार्थ क्यापिटलले मंगलवार सर्वसाधारणका लागि जारी गरिएको शेयरको बाँडफाँड गरिएको हो । ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर जारी गरिएको थियो ।
जारी गरिएको शेयर मध्ये ४३ गुणा वढी १२ अर्व रुपैयाँको आवेदन परेको थियो । पाँच देखि ३५ हजार रुपैयाँ सम्मका आवेदकलाई गोलाप्रथा द्वारा १० देखि १३ कित्तासम्म वितरण गरिएको छ । कम्पनीका अनुसार ३५ हजार देखि ५० हजार रुपैयाँका आवेदकले २ . ६७ प्रतिशतका दरले शेयर पाएका छन् । ५० हजार रुपैयाँ भन्दा माथिका आवेदकले १ .९७ प्रतिशतका दरले शेयर पाएको सिद्धार्थ क्यापिटलले जनाएको छ । कात्तिक ९ गते देखि १२ गतेसम्म कम्पनीको साधारण शेयर निकास्कासन गरिएको थियो । सामुहिक लगानी कोषलाई छुट्याइएको डेढ लाख कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको ९० हजार कित्ता पनि वितरण गरिएको छ ।
बाँडफाँड विवरण यहाँबाट डाउनलोड गर्नुहोस्