
अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) तथा गैरआवासीय भिसाहरूको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ ।
कोरोनाभाइरसको सन्त्रास फैलिरहेका बेला यही चैत ४ गते मंगलवारदेखि लागू हुनेगरी डिभी तथा गैरआवासीय भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
सकेसम्म छिटो सेवा पुन: सञ्चालनमा ल्याउने जानकारी गराउँदै दूतावासले निश्चित समय तोक्न भने आफूहरू असमर्थ रहेको उल्लेख गरेको छ ।
एमआरभी शुल्क भुक्तानी गरिसकेको अवस्थामा जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जनाएको छ ।
हेर्नुहोस्, अमेरिकी दूतावासको स्टाटस :