२९ जेठ २०८३, शुक्रबार

कृषिबाली लगाउनुपूर्व नै बालीको न्युनतम समर्थन मूल्य तोकिने

कृषिबाली लगाउनुपूर्व नै बालीको न्युनतम समर्थन मूल्य तोकिने

सरकारले आगामी आर्थिक वर्षदेखि कृषकले बाली लगाउनुपूर्व नै प्रमुख बालीको न्युनतम समर्थन मूल्य तोक्ने भएको छ ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले संसद बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषकको बचत सुनिश्चित गर्न पहिल्यै समर्थन मूल्य तोकेर प्रोत्साहन गर्ने जनाएकी छन् ।

कृषकले खाद्य उत्पादनको उचित मूल्य नपाउँदा निराश हुनुपर्ने र लगानी समेत नउठ्ने समस्या रहेका बेला सरकारले बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने घोषणा गरेको हो । सरकारको नीति तथा कार्यक्रममा कृषि प्राविधिकहरू कृषकको खेतवारी, गोठ तथा फार्ममै पुगेर सेवा दिनुपर्ने व्यवस्था मिलाइने उल्लेख  छ ।

कृषकले लागतका आधारमा उत्पादनको उचित मूल्य पाउने गरी बजारीकरण गरिने समेत जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्