०५ असार २०८३, शुक्रबार

साना किसानले अझै पाएनन् राहत

कात्तिक २०, २०७४
साना किसानले अझै पाएनन् राहत
काठमाडौ, १४ बैशाख - विनाशकारी भूकम्पको दुई वर्ष बितिसक्दा पनि सरकारले राहत तथा पुनःनिर्माणको कार्यक्रम किसानसम्म पुर्‍याउन सकेको छैन ।

सबैभन्दा बढी क्षति बेहोरेका १४ जिल्ला र अन्य प्रभावित जिल्लाका किसानले नै दुई वर्षको अवधिमा सरकारी निकायबाट राहतको नाममा आश्वासनमात्र पाएको गुनासो गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालयले नियमित कार्यक्रम सञ्चलन गर्नेबाहेक यो अवधिमा नयाँ कार्यक्रम नै नपुगेको पीडित किसानको गुनासो छ ।

“भूकम्पको केन्द्र नै रहेको हाम्रो गोरखा जिल्लामा किसान सबैभन्दा प्रभावित छौं । तर, राहत भने समयमा पाएका छैनौं,” गोरखास्थित शहीद लखन गाउँपालिकाका कृषक अगुवा ध्रुव खनालले भने, “अहिले आएर प्लास्टिक पोखरी निर्माण, तरकारी खेतीका लागि टनेल, थ्रेसरलगायतमा केही अनुदानको कार्यक्रम आइरहे पनि साना किसानको पहुँच भने छैन ।”

आएको अनुदानका कार्यक्रम पनि टाठाबाठासम्म मात्र पुगेको तर साना किसानले भने नपाएको उनको गुनासो छ । गैरसरकारी संस्थाहरूमार्फत बरु केही राहत पुगेको उनले बताए, कारोबारमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्