१४ असार २०८३, आइतबार

चुनावमा भोट हाल्न गाउँ फर्किनेको लर्को

कात्तिक २०, २०७४
चुनावमा भोट हाल्न गाउँ फर्किनेको लर्को

फलेवास, १४ वैशाख– स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्काे लाग्न थालेको छ ।

झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् ।

निर्वाचनमा मतदान गर्न कतारबाट आएका ठूलीपोखरी–१ का छविलाल सापकोटाले वैशाख ३१ गते मतदान गरेर फर्किने गरी एक महिनाको छुट्टी मिलाएर आएको बताए ।

त्यस्तै चुनावमै भाग लिनका लागि खाडीमुलुक मलेसियाबाट आएका पिपलटारीकमा रमेश अधिकारीले दुई दशकपछि आएको अवसरलाई सदुपयोग गर्न बिदा मागेर गाउँ फर्किएको बताइ । उनले स्थानीय जनप्रतिनिधि नहुँदा आफ्नो गाउँ ठाउँको विकास हुन नसकेको बताउँदै आफूहरुले चुनेको प्रतिनिधिले तल्लो तहको विकास र आम नागरिकलाई राज्यका सेवा सुविधा पु¥याउनेमा विश्वस्त रहेको बताए ।

कतिपय विभिन्न राजनीतिक दलकै सक्रिय कार्यकर्ता त कतिपय सर्वसाधारण पनि भोट हाल्नकै लागि गाउँ फर्कनेको सङ्ख्या उल्लेख्य रहेको पर्वत–काठमाडाँै सडकका सवारी चालकको भनाइ रहेको छ ।

मलेसियाबाट हालै गाउँ फर्केका कुर्घाका शशी शर्माले दुई दशकपछिको अवसरको उपभोग गर्न आएको बताए । अहिलेसम्म स्थानीय निकायको चुनावमा सहभागी हुन पाएको थिइन् त्यसैले अहिले छुट्टी नै मिलाएर भए पनि साउदी अरबबाट घर फर्केको उनले बताए । उनले चुनावी परिणाम सार्वजनिक भएपछि पुनः विदेश जाने गरी आएको जानकारी दिए ।

सापकोटा, अधिकारी र शर्मा मात्रै हैनन् पर्वत जिल्लाका गाउँ गाउँमा जनप्रतिनिधि चुन्नका लागि स्वदेश फर्किनेको सङ्ख्या उल्लेख्य रहेको ठूलीपोखरीका सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिए । ‘लामो समयपछि हुने भएकाले पनि मतदाता नामावलीमा नाम समावेश भएका स्वदेश फर्किने क्रम बढेको हो,’ उनले भने ।

पर्वत जिल्लाका झन्डै २३ हजार युवायुवती वैदेशिक रोजगारीका लागि भारतबाहेकका अन्य मुलुकमा रहेका छन् । उनीहरुमध्ये केही प्रतिशत स्वदेश फर्किएर मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय पर्वतले अपेक्षा गरेको छ । विदेशमै बसेर भए पनि मतदान गर्न पाउने सुविधा नभएकाले पनि गाउँ फर्कनुको विकल्प नभएको हो ।

पर्वत जिल्लामा क्रियाशील राजनीतिक दलले कतिपय गाउँपालिका र नगरपालिकाका वडामा उम्मेदवार टुङ्गो लगाइसकेकाले प्रचारप्रसार सुरु भइसकेको छ । आयोगले चुनावी तयारी तीव्र पारेसँगै गाउँगाउँमा चुनावी चहलपहल बढ्न थालेको छ ।

उम्मेदवारले गाउँगाउँ र घरदैलो गरेर मत माग्न थालिसकेका छन् । एमाले, काँग्रेस, माओवादी, राप्रपालगायतका दलबाट उम्मेदवार सुनिश्चित भइसकेकाले गाउँ अभियानलाई तीव्र पारेको शङ्करपोखरी मा स्थानीय सञ्जय रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्