असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
जीवन भागदौडमा चलिरहेको थियो । पूँजीवादले हामीलाई यसरी कजाएको थियो कि; भोक, निद्रा, व्यक्तिगत जीवन, पारिवारिक जीवन, आराम, आत्मचिन्तनलगायत जीवनका विविध पाटा बिर्सेर हामीहरू मृगतृष्णाको यात्रामा फर्किन नमिल्ने दुरीतर्फ अग्रसर थियौं । हाम्रा तृष्णा र महत्त्वाकांक्षाका उचाइ दिन प्रतिदिन अग्लिरहेका थिए । जीवनका शितलता हिउँ जसरी पग्लिरहेका थिए । सफलतामा सन्तुष्टि थिएन, असन्तुष्टि मात्र थियो । आर्जन गरेका पैसा, सुन, जग्गा, घर, शेयर, व्यवसाय आदिले नपुगेर हामीहरू आकुलब्याकुल भइरहेका थियौं । भोगको तृष्णामा हाम्रा ओठ सधैँ सुकेका थिए, हाम्रा नजर सधैँ झुकेका थिए ।
विश्वमा एकाएक आएको अप्रिय कोरोनाभाइरस (कोभिड- १९)ले हाम्रो तृष्णाको पहाडलाई गर्ल्यामगुर्लुम ढालेको छ । भुसुनाभन्दा हजारौं गुणा सानो भाइरसले जतिसुकै शक्तिशाली हुँ भन्नेको घमण्ड, कथित सामर्थ्य, कथित शक्ति र कथित विकासलाई खुट्टाले कुल्चेर धुलोपिठो गरेको छ । त्यति मात्र होइन विज्ञानको दबदबालाई लोप्पा खुवाएको छ । कोरोनाभाइरस संसारले विकास गरेको हवाइजहाज, पानीजहाज, रेल तथा बसमा चढेर २१३ वटा देशमा पुग्न सफल भएको छ, प्रविधिको ढाडमा टेकेर अर्थतन्त्रको टाउकोमा हान्न सफल भएको छ ।
चीनको वुहानबाट छुटेको कोरोनाभाइरस सार्स, मर्स तथा इबोलाजस्तै स्थानीय प्रकोपमा सीमित हुनेछ अनि गर्मी महिना लागेपछि अन्त्य हुनेछ भन्ने धेरैको विश्वास थियो । त्यसैले यसलाई ‘चाइनिज भाइरस’ भनेर नजरअन्दाज गरिएको थियो । नजरअन्दाजको परिणाम यति भयाबह होला भनेर कसैले पनि कल्पना गरेको थिएन । तर यो भाइरस निकै ज्याद्रो रहेछ । विश्वले यसको असली रूप देखिसक्यो कि कोरोनाभाइरस छिट्टै जानेवाला छैन भनेर ।
नेपालमा दोस्रो केस देख्नेबित्तिकै लकडाउन भयो । अहिले हेर्दा लाग्छ, हामीले लकडाउन अति छिटो गरेका रहेछौं । एयरपोर्ट तथा सिमाना सिल गरेको भए लकडाउनलाई २ महिनापछि धकेल्न सकिँदो रहेछ । ७ दिनको समयसीमा तोकेर भारत लगायत मुलुकबाट नागरिकलाई घरफिर्तीको मौका दिएको भए संक्रमणको यो रूप देख्नुपर्ने थिएन । सबैले बुझेको तर भन्न नमिल्ने अर्को कारण नक्साको चुच्चो हो, जसले लाखौं नेपालीलाई घरफिर्ताको वातावरण निर्माण गर्यो ।
हेर्दाहेर्दै कोरोनाभाइरस आजको मितिसम्म ७१ जिल्लामा पुगिसकेको छ । यो १५ दिनमा झन्डै २ लाख नेपाली भारतबाट नेपाल आए । उताको असुरक्षित यात्रा, यताको परीक्षण तथा क्वारेन्टाइनको बिजोगका कारण संक्रमणमा रासायनिक मल हाल्ने काम भयो । अध्ययनबाट भन्न सकिन्छ, नेपालमा भर्खर कोरोना संक्रमणको आउटब्रेक भएको छ । दु:खका साथ भन्नुपर्छ, हाम्रो स्वास्थ्य मन्त्रालय दिनप्रतिदिन निरीह बन्दैछ ।
क्वारेन्टाइनमा परीक्षण नगरी वा गाह्रो लक्षण देखिए आरडीटी टेस्ट गरेर संक्रमितलाई घर पठाउने निर्णय गर्नु भनेको दुवै हात उठाएर आत्मसमर्पण गर्नु हो । कोभिड संक्रमण निदानका लागि उपयोगी नहुने र्यापिड टेस्टमा स्वास्थ्य मन्त्रालय किन रमाएको छ भनेर बुझ्न कठिन छैन ।
कमसेकम स्वास्थ्य मन्त्रालयमा यो टीम रहेसम्म कोरोना संक्रमण नियन्त्रणको नाममा अर्बौं खर्च गर्ने तर संक्रमितको संख्या बढिरहने ‘प्रगति' भइरहनेमा हामी नेपाली ढुक्क हुने स्थिति छ ।
लकडाउन अनिश्चितकालका लागि गर्न सकिँदैन । जनचेतना प्रसार, मनोसामाजिक परामर्श विस्तार, रोजगारी र राहतको ग्यारेन्टी तथा डुबेका क्षेत्रलाई भरथेग दिने सरकारी सान्त्वना प्रभावकारी ढंगले भएको भए यो लकडाउनको अवधिमा झन्डै १२ सय नागरिकले आत्महत्या गर्नुपर्ने थिएन । यो देशमा कोरोना संक्रमणबाहेक अरू पनि रोग छन् भन्ने बुझेको भए दर्जनौं सुत्केरीले ज्यान गुमाउनु पर्ने थिएन, लाखौँ बालबालिका खोपबाट वञ्चित हुनुपर्ने थिएन तथा लाखौँ दीर्घरोगीले परीक्षण र उपचार नपाएर तड्पिनुपर्ने थिएन । स्वास्थ्य मन्त्रालय गम्भीर नहुने हो भने कोभिडबाहेकका समस्याले हजारौं नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।
अवस्था यही रूपमा रहेमा भिखमरी तथा भोकमरीले मुलुक आक्रान्त हुनेछ । खेतीको सिजन छ, कोरोनाको त्रासले किसानका नौनारी गलेका छन्, मार्क्सवादका भाष्यकार इमान्दार भएर भन्दैछन्– फेसबुकमा कमेन्ट गर्नभन्दा काम गर्न धेरै गाह्रो रहेछ । अहिले किसानलाई कुर्सी दिनुपर्दैन, विलासी गाडी दिनुपर्दैन, एक बोरा रासायनिक मल, २ बोरा बिउ, ३ बोरा आत्मबल र बजारीकरणको ग्यारेन्टी दिए पुग्छ । बाँझा जमिनमा पसिना बगाउने हिम्मतलाई अनुदान र सहुलियत ऋण दिए पुग्छ ।
‘यथा राजा तथा प्रजा' भनेझैँ अग्लो कुर्सीमा बस्ने हरेक राजाहरूले कम्तिमा यो महामारीको अवधिमा मैले १ पैसा भ्रष्टाचार गर्दिनँ, २ पैसा कमिसन खान्न तथा कसैले ३ पैसा भ्रष्टाचार/कमिसन/कालोबजारी गरेमा ४ मिनेटभित्र बर्खास्त गर्छु भनेर कारवाही अघि बढाउने हो भने गरीबका खुन र पसिना चुस्ने जुकाहरूले प्रजालाई चुस्ने थिएनन् । सुशासन र मितव्ययिता झरना जस्तै हुन्छ अर्थात् माथिबाट तल बग्छ । सरकार पिपलको रुख हुनुपर्छ । सबैलाई टुसुक्क बस्ने काख दिने, सबैलाई शीतल हावा दिने अनि आफ्नो र अर्काको नभन्ने ।
कोरोना संक्रमितलाई आईसीयू\भेन्टिलेटरमा धेरै खर्च गर्नुपरेको छैन, क्वारेन्टाइनको हालत दयनीय छ, परीक्षणको दायरा र गतिले कछुवासँग मित लगाएको छ, जनचेतनामा ठोस काम भएको छैन तर १० अर्ब कोरोनाका नाममा प्रत्यक्ष पाचन भएको छ । सबै जनतालाई जस्तै मलाई पनि बुझ्ने रहर छ, सरकार! हिसाब मिलेन, भूलचुक धेरै भयो कि ? लौन ! भुलचुक लेनदेन गरौं !
जनता गणितमा अब्बल छन् । सांसद विकास कोष, विलासी गाडी तथा सामग्री खरिद, अनावश्यक आयोग र तलबभत्ता हजम गर्ने तमाम पद खारेजी गरे राज्यको ढुकुटी बलियो हुनेछ । रेमिट्यान्स र भन्सार कर केचानाकलनमा भएको समयमा खर्च सगरमाथाको शिखरमा पुग्दा अर्थतन्त्रको सन्तुलन कति दिन रहला सरकार ?
समाज चिन्ता, तनाब र डिप्रेसनको भासमा जाँदैछ । ज्वरो आएर घरमा सुत्नु र डिप्रेसन भएर घरमा सुत्नुको अर्थतन्त्रमा आकाश र जमिनको फरक छ । मन अस्थिपञ्जर हो, शरीर त केवल मासुको थुप्रो हो । अस्थिपञ्जर भाँचियो भने मासुको थुप्रो घर, समाज र देशलाई महंगो हुन्छ । सुशाशन, जनताप्रति उत्तरदायित्व, पारदर्शिता, पुरस्कार र दण्डको व्यवस्था तथा न्यायपूर्ण समाजको निर्माण गर्न राज्य तत्पर भए जनता, समाज र देशको अस्थिपञ्जर बलियो हुनेछ । हामी पिर्कामा बस्नेले बुझेको कुरा घुम्ने कुर्सीमा बस्नेले किन नबुझेको होला ?
कोरोना कहरको जिम्मा पशुपतिनाथलाई दिनु हुँदैन । अहिलेसम्म कोरोना संक्रमण सक्रिय उमेरका व्यक्तिमा देखिएकाले मात्र हाम्रो इम्युनिटीले काम गरेको हो । जब ती जवान संक्रमितले आफ्ना हजुरबुवा, हजुरआमा, बुवा, आमा तथा दीर्घरोगीलाई थाहै नपाइ रोग सार्छन्, त्यसपछि हाम्रो अंक गणितले फेल खानेछ । त्यो समूहलाई कसरी सुरक्षित राख्ने ? भन्ने रणनीति बनाउन ढिला हुँदैछ । भनिन्छ, विपद् बाजा बजाएर आउँदैन । यसपटकको विपद बाजा मात्र होइन सहनाई बजाएर आएको छ । सहनाई कर्णप्रिय मात्र हुँदैन, कारुणिक पनि हुन्छ ।
सरकार ! विभेदले वर्गसंघर्ष चर्काउँछ । जमिनबाट आउने नागरिकलाई भेडाबाख्रा कोचेजस्तै कालकोठरीमा राख्ने तर हवाइजहाजमार्फत आएका नागरिकलाई होटल र परीक्षणको व्यवस्था गर्दा कतै दोहोरो मापदण्ड त भएन ? आकाशबाट आउने नागरिकभन्दा उम्लिएको अलकत्रामा पाइला नाप्दै आउने नागरिक जोखिममा छन् । उनीहरूलाई सीमा जिल्लाका होटेल, पार्टी प्यालेस, स्कूल, सरकारी तथा सामुदायिक भवनमा राखेर तथा संक्रमणरहित बनाएर गाउँमा पठाउन सम्भव छ । यो सुरक्षित विधि छाडेर उनीहरूलाई संक्रमणदूत किन बनाउने ? राज्यले यो व्यवस्था गर्न सक्छ, सक्नुपर्छ ।
संकटमा सबैले सरकारलाई सहयोग गर्नुपर्छ । म बलियो सरकारको कट्टर समर्थक हुँ । तर त्यो सहयोग केही व्यक्ति मोटाउन नभएर नागरिकलाई बचाउनका लागि गर्नुपर्छ ।
त्यो सहयोग सरकारको थाक्रो चढेर थाक्रोलाई खोक्रो बनाउनेविरुद्ध हुनुपर्छ । सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको चेकजाँच गरियोस्, कात्रोमा कसले कतिवटा खल्ती सिलाएको छ भनेर !
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...