काठमाडौं, १८ बैशाख प्रधानन्यायाधीशलाई महाभियोग लगाइएसँगै त्यसमा असन्तुष्टि जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन् ।

नयाँ पत्रिकामा निधिले राजीनामा दिनुपर्ने कारण खेलेका छन्ः
आइजिपी विवादको सुरुवात नै उपयुक्त थिएन । योे विषयमा सरकार र सर्वोच्च अदालतले आ–आफ्नो अधिकार प्रयोग गर्नुपथ्र्यो । तर, मेरै कार्यक्षेत्रभित्र परेको आइजिपी प्रकरणसँग सम्बन्धित विषयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसमा असहमति जनाउँदै मैलै राजीनामा दिएको हुँ ।
मलाई सभापतिले नै गृहमन्त्रीमा पठाउनुभएको हो । तर, यो घटनामा सभापतिले नै लिएको निर्णयमा मलाई थाहा नदिइएपछि मैले राजीनामा दिएको हुँ । महाअभियोगको विषय सुरुमा एक पत्रकारबाट थाहा पाएपछि प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई सोध्दा बल्ल हो भन्ने थाहा भयो । पहिले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गरिएको हस्ताक्षर नै प्रयोग गरिएछ । यस्तो प्रयोग अरू वेलामा पनि गरिन्थ्यो, तर सोध्ने चलन भए पनि यसपटक सोधिएन ।
सभापतिसँग सोध्दा तपाईंलाई भन्न सकिएनछ भन्नुभयो । रामचन्द्र पौडेलजीलाई सोध्दा उहाँले ‘मैले नै केन्द्रीय कार्यालयमा आएर थाहा पाएँ’ भन्नुभयो । प्रधानमन्त्रीलाई सोध्दा संशोधनमा दुईतिहाइ पु¥याउनेबारे तपाईंसँग कुरा भइरहेको हो । योसहित महाअभियोगबारे शेरबहादुरजीले भन्नुभयो कि भन्ने लाग्यो भन्नुभयो । त्यसपछि मैले स्वकीय सचिव विश्वासमार्फत राजीनामापत्र पठाएको हुँ । प्रधानमन्त्रीले फोन गरेर किन एक्कासि यस्तो निर्णय लिनुभयो भन्नुभयो, मैले महाअभियोगमा चित्त बुझेन भनेर राजीनामा पठाएको भनेँ ।