११ साउन २०८३, सोमबार

के कोरोनाले संक्रमितकाे मुटुमा पनि असर गर्छ? यस्ताे छ अध्ययनकाे निष्कर्ष

असार २९, २०७७
के कोरोनाले संक्रमितकाे मुटुमा पनि असर गर्छ? यस्ताे छ अध्ययनकाे निष्कर्ष

​कोरोना भाइरसले संक्रमितकाे मुटुलाई पनि असर गर्ने गरेकाे संकेत देखिएकाे छ।

बेलायतकाे एडिनबरा विश्वविद्यालयकाे एक अध्ययन टाेलीले संक्रमितकाे मुटुमा काेराेना भाइरसकाे असर पर्ने गरेकाे संकेत फेला परेका हुन्।

एडिनबरा विश्वविद्यालयकाे याे टाेलीले ६९ देशका १ हजार २ सय संक्रमितमा अध्ययन गरेकाे थियाे, जसमा आधाभन्दा बढी संक्रमितकाे मुटुमा असामान्य असर देखा परेकाे पाइएकाे थियाे।  जबकि १५ प्रतिशत संक्रमितमा गम्भीर हृदय रोग देखा परे।

याे अध्ययनमा कोभिड-१९ काे गम्भीर संक्रमण बनेका पीडितलाई मात्र समावेश गरिएकाे थियाे।

याे अध्ययनका प्रमुख शोधकर्ता प्राध्यापक मार्क ड्वेक याे अध्ययनकाे नतिजाका कारण संक्रमितकाे रेखदेख गर्न सहयाेग पुग्ने विश्वास गर्छन्।

 ​​

salt training

कमेन्ट गर्नुहोस्