
काठमाडौं, १९ वैशाख — बलिउड अभिनेत्री कट्रिना कैफ आजकल चर्चामा छिन् । उनको नयाँ फोटोशूट र सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको प्रवेशका कारण उनी चर्चामा छाएकी हुन् ।

प्रसिद्ध फोटोग्राफर मारियो टेस्टीनोले कट्रिनाको फोटो खिचेका हुन् । टावल सिरिजमा लिइएको तस्वीरमा कट्रिनाले मारियोलाई भन्यवाद दिएकी छन् ।
कट्रिनाले रुमाल बेरेको तस्वीरका साथ नै इन्स्टाग्राममा खाता खोलेकी हुन् । उनको तस्वीर धेरैले रुचाएका छन् ।
बलिउडका ठूला हस्तीहरूले कट्रिनालाई इन्स्टाग्राममा स्वागत गरेका छन् । सलमान खान चाहिँ अलि बढी नै खुशी देखिन्छन् ।
एजेन्सी