०७ असार २०८३, आइतबार

यी संगीतकारले ४० मिटर उचाइमा झुण्डिएर बजाए पियानो (भिडियो)

मंसिर २३, २०७७
यी संगीतकारले ४० मिटर उचाइमा झुण्डिएर बजाए पियानो (भिडियो)

स्विट्जरल्यान्डका पियानोवादक एलेन रोशेले भुइँभन्दा ४० मिटरमाथि क्रेनमा झुण्डिएर पियानो बजाएका छन् । 

फ्रान्सको नान्तेस शहरमा रहेको एक निर्माणाधीन भवनमा एक सयभन्दा बढी संगीतप्रेमीहरूका अगाडि शुक्रवार रोशेले सांगीतिक प्रस्तुति दिएका हुन् । 

श्रोताहरू कुर्सीमा बसेका थिए र उनीहरूलाई हेडफोन दिइएको थियो । उच्च गुणस्तरको संगीत सुनियोस् भनी त्यसो गरिएको थियो । 

विशाल पियानोलाई ९० डिग्री आकाशमा झुण्ड्याइएको रोशेले बताए । परम्परालाई हटाउन यसो गरिएको हो । निर्माण स्थलको कच्चा तथा फोहरी संसारसँग सामना गर्न पियानोवादकको शास्त्रीय पाटो देखाउन खोजेको उनले बताए ।
 

रोशेको अनौठो सेटिङको पियानोवादनले श्रोताहरूलाई प्रभावित तुल्यायो । एक श्रोताले भने, ‘यो असाधारण, जादूयी शहरी कवितात्मक प्रस्तुति थियो ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्