काठमाडौंको कमलादीबाट प्रहरीले सुनजस्तो १५ किलोग्राम धातुसहित २ पेस्तोल बरामद गरेको छ ।
गाडीमा सवार व्यक्तिले मंगलवार बिहान सडकमा फालेको झोला चेकजाँच गर्दा सुनजस्तो धातु र पेस्तोल बरामद भएको हो ।
प्रहरी स्रोतका अनुसार झोला फाल्ने व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खोजी कार्यमा खटिएको छ ।
बरामद गरिएको धातु सुन हो कि होइन भनेर यकिन गर्न परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।