२९ जेठ २०८३, शुक्रबार

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेले दियो साथ

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेले दियो साथ

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फोन पे पेमेन्ट सर्भिस लिमिटेडले साथ दिएको छ ।

यस अभियान अन्तरगत अबदेखि फोन पे नेटवर्कबाट अन्तर बैंक कारोबार गर्दा प्रति कारोबार रू एक छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ । 

भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा रू १ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गर्नुभयो । भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ । 

सम्झौतापछि एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ’। 
नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

यही रिक्तता पूर्ति गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान शुरू गरेको हो ।  यस किसिमको पूर्वाधारको विकास समुदायको प्रतिवद्धता र रचनात्मक प्रयासहरूले सम्बोधन गर्न सकिन्छ  । 

salt training

कमेन्ट गर्नुहोस्