१७ असार २०८३, बुधबार

सात दिनमा 'बाहुबली २' ले कमायो आठ अर्ब ५० करोड भारु, सबै कीर्तिमान तोड्यो

कात्तिक २०, २०७४
सात दिनमा 'बाहुबली २' ले कमायो आठ अर्ब ५० करोड भारु, सबै कीर्तिमान तोड्यो

काठमाडौं, २२ वैशाख — 'बाहुबली २' ले बक्स अफिसमा कमाइका सारा कीर्तिमान तोड्दै रिलिज भएको सात दिनमा आठ अर्ब ५० करोड भारु कमाएको छ । भारत र संसारभरि यति धेरै पैसा यसअघिका कुनै पनि भारतीय फिल्मले कमाएका थिएनन् ।


फिल्मको हिन्दी भर्जनले मात्र पनि दुई अर्ब ३० करोड भारु कमाइसकेको छ ।

अमेरिकामा पनि फिल्मले १२.९ मिलियन डलर कमाएर दंगलको कीर्तिमान भंग गरेको छ ।

दश अर्ब भारु कमाउने पहिलो भारतीय चलचित्र बन्ने क्रममा छ बाहुबली २ ।

यसअघि 'पीके'ले सात अर्ब ४३ करोड, 'दंगल'ले ७ अर्ब दुई करोड, 'बजरंगी भाइजान'ले ६ अर्ब ४ करोड अनि 'सुल्तान'ले पाँच अर्ब ८४ करोड भारु कमाएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्