०४ असार २०८३, बिहीबार

ठेकेदारले धोका दिएपछि प्रधानमन्त्रीले गुहारे बंगलादेशी समकक्षीलाई, धानका लागि युरिया मल दिन अनुरोध

ठेकेदारले धोका दिएपछि प्रधानमन्त्रीले गुहारे बंगलादेशी समकक्षीलाई, धानका लागि युरिया मल दिन अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग रासायनिक मल दिन अनुुरोध गरेका छन्।

रोपाइँ गर्ने बेला मल नपाएका किसानले धान गोडमेलका बेला पनि युरिया मल नपाउने स्थिति बनेपछि प्रधानमन्त्री ओलीले मंगलबार बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोनमा कुराकानी गरेर मल सापटी दिन अनुरोध गरेका हुन्।

प्रधानमन्त्री ओलीले ट्वीटरमा दिएको जानकारी अनुसार यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपूर्ति गर्न  अनुरोध गरेको बताएका छन्।

बंगलादेशी प्रधानमन्त्रीले पनि तत्काल मल आपूर्ति गर्न सकारात्मक भएकी छन्।  ठेकेदारले समयमै मल आपूर्ति गर्न नसकेपछि नेपालले बङ्गलादेशसँग मल मागेको हो।

 यो कृषि सामग्रीले कम्पनी सैलुङ इन्टरप्राइजेज र  हाेनिकाे इन्टरप्राइजेजलाई २५÷२५ हजार मेट्रिक टन युरियाका लागि ठेक्का दिएको थियो।

गत वैशाखमा सम्झौता भए पनि अझै मल आएको छैन।

 

salt training

कमेन्ट गर्नुहोस्