२६ जेठ २०८३, मंगलबार

सिन्धुपाल्चोकको नागपुजेमा पहिरो : १ जनाको मृत्यु, १६ जना बेपत्ता

सिन्धुपाल्चोकको नागपुजेमा पहिरो : १ जनाको मृत्यु, १६ जना बेपत्ता

सिन्धुपाल्चोकको  नागपुजेमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । 

बाह्रविसे नगरपालिका –७ नागपुजे भन्ने ठाउँमा माथिबाट आएको पहिरोले ७ वटा घर बगाउँदा १ जनाको मृत्यु र १६ जना वेपत्ता भएको बाग्मती प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त लामाले लोकान्तरलाई जनाकारी दिए ।

‘बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा ७ वटा घर पूर्णरुपले बगाएको छ,’ डिआईजी लामाले भने ।

घटनास्थलमा बाह्रविसेको २० जनाको प्रहरीको टोलीले उद्धार गरिहेको छ ।

नागपुजेको अगाडिपट्टीको भिरखर्क भन्ने ठाउँमा पनि पहिरो गएको र त्यहाँ जना नसिकएकाले के कति क्षति भएको भन्ने विषयमा एकिन विवरण आउन नसकेको डिआईजी लामाले लोकान्तरलाई बताए ।

घर बगाएर भोटेकोसी नदीमा गएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्