०७ असार २०८३, आइतबार

बढ्यो सुनकाे मूल्य

बढ्यो सुनकाे मूल्य

नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीवार यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार सुनको मूल्यमा प्रति तोला ९ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै शुक्रवार तेजाबी सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १५ रुपैयाँले बढेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्