०५ साउन २०८३, मंगलबार

बाइडनले जिते न्यु ह्याम्पशायर राज्य, पहिलो स्विङ स्टेट विजय

कात्तिक १९, २०७७
बाइडनले जिते न्यु ह्याम्पशायर राज्य, पहिलो स्विङ स्टेट विजय

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले न्यु ह्याम्पशायर राज्यको इलेक्टोरल भोट जितेका छन् । 

यो महत्त्वपूर्ण स्विङ स्टेट जित्नु बाइडनका लागि ठूलो उपलब्धि भएको छ । स्विङ स्टेट भनेको कहिले रिपब्लिकनलाई कहिले डेमोक्रेटलाई जिताउने राज्य हो । 

तर फ्लोरिडा, जर्जिया र नर्थ क्यारोलाइनामा तीव्र प्रतिस्पर्धा जारी छ र अहिले नै विजेताको प्रक्षेपण गर्न गाह्रो छ । 

डेमोक्रेटहरूले प्रचण्ड बहुमतका साथ चुनाव जित्ने आशा गरेको भए पनि त्यसको कुनै लक्षण देखिएको छैन । निर्वाचनको अन्तिम परिणाम आजै घोषणा हुने टुंगो समेत छैन । 

salt training

कमेन्ट गर्नुहोस्