१७ असार २०८३, बुधबार

चुनाव जित्नका लागि यस्ता छन् बाइडन र ट्रम्पका विकल्प

कात्तिक २०, २०७७
चुनाव जित्नका लागि यस्ता छन् बाइडन र ट्रम्पका विकल्प

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउन अझै केही समय कुर्नुपर्ने भएको छ । 

अहिलेसम्मको परिणाम अनुसार बाइडनले २६४ इलेक्टोरल भोट पाएका छन् र बहुमतबाट ६ भोट मात्र टाढा छन् । ट्रम्प भने २१४ भोटका साथ निकै पछि छन् । 

तर एब्सेन्टी भोट (फरक मतदान केन्द्रमा भोट हालेको वा आफ्नो साटो अरूलाई मत हाल्न कानूनी अनुमति दिएको) को मतपत्र गन्नै बाँकी छ । 

अझै पनि नेभादा, नर्थ क्यारोलाइना, जर्जिया र पेन्सिल्भेनियाको अन्तिम परिणाम आउन बाँकी छ । 

ट्रम्पले बाँकी ५४ भोट ल्याउनका लागि पेन्सिल्भेनिया र बाँकी तीनैवटा राज्य जित्नुपर्नेछ । 

तर फिलाडेल्फिया र पिट्सबर्गमा डेमोक्रेटिक भोट शेयर मिलान गर्न बाँकी नै छ । यसको अर्थ हुन्छ, ट्रम्पले पेन्ल्भििेनियाका अन्य क्षेत्रमा हासिल गरेको साँघुरो अग्रता कायम राख्न मुश्किल छ । 
 

बाइडनका लागि चाहिँ जीतको बाटो सहज छ । पेन्सिल्भेनिया जिते भने उनलाई काफी हुन्छ । त्यहाँ २० इलेक्टोरल भोट छन् । 
 

पेन्सिल्भेनियामा हारे भने पनि नेभादा जित्दा बाइडनले झिनो बहुमत पाउँछन् । जर्जिया वा नर्थ क्यारोलाइना जस्ता रिपब्लिकन पकडका राज्यमध्ये एकमा पनि बाइडन जिते भने अन्यत्र पनि उनैले जीत हासिल गर्ने कुरामा ढुक्क हुन सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्