२४ जेठ २०८३, आइतबार

चीनले भारतसँग एक लाख टन चामल किन्ने

मंसिर १७, २०७७
चीनले भारतसँग एक लाख टन चामल किन्ने

खाद्य संकट बेहोरिरहेको चीनले भारतबाट ३० वर्षमा पहिलोपटक चामल आयात गर्ने भएको छ । भारतले चीनलाई सस्तो दरमा टुक्रे चामल दिने भएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार, भारतका व्यापारीहरूले एक लाख टन चामल चीनतर्फ निर्यात गर्न सम्झौता गरेका छन् । 

भारत संसारको सबभन्दा ठूलो चामल निर्यातक देश हो भने चीन सबभन्दा ठूलो चामल आयातक मुलुक हो । 

चीनले प्रतिवर्ष ४० लाख टन चामल आयात गर्ने गरेको छ । तर केही समययता चीनले भारतको चामलमा गुणस्तरको प्रश्न उठाउँदै आयात बन्द गरेको थियो । 

तर प्राकृतिक विपतका कारण अहिले खाद्यसंकटको सामना गरिरहेको चीनले भारतको चामलमा गुणस्तरको प्रश्न नउठाई आयात गर्ने भएको हो । चीनमा संसारको कुल २२ प्रतिशत जनसंख्या छ भने कृषियोग्य भूमि चाहिँ ७ प्रतिशत मात्र छ । 

चीनमा औद्योगिकीकरण र शहरीकरणका कारण कृषियोग्य भूमिमा निकै कमी आएको छ । उसले २० प्रतिशत कृषियोग्य भूमि औद्योगिकीकरणकै कारण गुमाइसकेको छ । 

भारतका चामल व्यापारीहरूका अनुसार, भारतसँग सीमा विवाद चल्दा चीनले चामल किन्न थाइल्यान्ड, भियतनाम, म्यान्मार र पाकिस्तानसँग कुराकानी गरेको थियो । तर यी देशमा अतिरिक्त चामल सीमित मात्रामा रहेकाले उनीहरू चामल बेच्नका लागि प्रतिटन ३० डलर बढी लिइरहेका थिए । 

चीनले डिसेम्बर र फेब्रुअरीको बीचमा एक लाख टन टुक्रे चामल किन्ने भएको हो । यसका लागि ३०० डलर प्रति टनको मूल्य निर्धारण गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्