२५ जेठ २०८३, सोमबार

प्रचण्डले बादलसँग भेटेर भने – निर्णयविहीन नबन्नुस्

प्रचण्डले बादलसँग भेटेर भने – निर्णयविहीन नबन्नुस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार बिहान गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई भेटेर छिटो कित्ता छुट्याउन आग्रह गरेका छन् । 

ललितपुरस्थित मन्त्री निवासमै पुगेर प्रचण्डले बादललाई निर्णयविहीन नबन्न सुझाएका हुन् । 

जवाफमा बादल केही नबोलेको स्रोतको दाबी छ । ‘प्रचण्डको आग्रहपछि बादल केही बोल्नुभएन तर ओलीले चालेको कदम प्रतिगामी हो भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ,’ स्रोतले भन्यो । 

अन्तिम अवस्थामा बादल प्रचण्ड–नेपाल पक्षमै रहने विश्वासमा खुमलटार रहेको छ । 

आज मंगलवार ओली पक्षले बोलाएको केन्द्रीय कमिटी सदस्यहरूको भेलामा बादल गएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्